+
टप एण्ड टी-२० सिरिज :

टप एण्ड टी-२० सिरिज : नेपालविरुद्ध बंगलादेश ‘ए’को बलियो योगफल

२०८२ साउन  ३१ गते १७:१४ २०८२ साउन ३१ गते १७:१४
टप एण्ड टी-२० सिरिज : नेपालविरुद्ध बंगलादेश ‘ए’को बलियो योगफल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजमा बंगलादेश ए सँग १८७ रनको लक्ष्य पाएको छ।
  • बंगलादेश ए ले २० ओभरमा ६ विकेट गुमाएर १८६ रन बनाएको छ, जिशाद आलमले सर्वाधिक ७१ रन बनाए।
  • नेपालका लागि रिजन ढकालले २ विकेट लिएका छन् भने नन्दन यादव, करण केसी र सन्दीप लामिछानेले १-१ विकेट लिए।

३१ साउन, काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजमा बंगलादेश ए सँगको खेल जित्न नेपालले बलियो लक्ष्य पाएको छ ।

बंगलादेश ‘ए’ ले नेपाललाई १८७ रनको लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले २० ओभरमा ६ विकेट गुमाएर १८६ रन बनायो ।

बंगलादेशका लागि ओपनर जिशाद आलमले सर्वाधिक ७१ रन बनाए । त्यस्तै अफिफ होसेनले अविजित ४८ रन बनाए ।

नेपालका लागि रिजन ढकालले‍ २ विकेट लिँदा नन्दन यादव, करण केसी र सन्दीप लामिछानेले १-१ विकेट लिए ।

नेपाल पहिलो खेलमा शुक्रबार एनटी स्ट्राइकसँग पराजित भएको थियो ।

नेपालले यसपछि मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।

टप एण्ड टी–२० सिरिज नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय