
News Summary
Generated by OK AI. Editorially reviewed.- रोल्पामा जंगली च्याउ खाँदा ७४ वर्षीया नर्मला वलीको मृत्यु भएको छ भने उनका ८१ वर्षीय श्रीमान भागीराम वली गम्भीर बिरामी छन्।
- दुवै जनालाई २९ साउनमा थप उपचारका लागि दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको थियो।
- भागीराम वलीको अवस्था गम्भीर रहेको र उनको सोही अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ।
१ भदौ, काठमाडौं । रोल्पामा जंगली च्याउ खाँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर बिरामी परेका छन् ।
मृत्यु हुनेमा रोल्पाको परिवर्तन गाउँपालिका-२ राङसीकी ७४ वर्षीया नर्मला वली रहेकी छन् ।
२७ साउनमा जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा वली र उनका श्रीमान ८१ वर्षीय भागीराम वली बिरामी भएका थिए ।
स्थानीय मेडिकलमा उपचारपछि दुवै जनालाई २९ साउनमा थप उपचारका लागि दाङको राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठान घोराही ल्याइएको थियो ।
उपचारको क्रममा वलीको मृत्यु भएको अस्पताललाई उदृत गर्दै रोल्पा प्रहरीले जनाएको छ ।
भागीराम वलीको अवस्था गम्भीर रहेको र उनको सोही अस्पतालमा उपचार जारी रहेको रोल्पाका प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4