
७ साउन, रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका–५ सेराबाङमा जङ्गली च्याउ खाएर बिरामी परेका चारमध्ये थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
मंगलबार राति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचाररत ७ वर्षीया भाग्यरेखा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।
यसअघि मंगलबार दिउँसो करिब ३ बजे भाग्यरेखाका भाइ तीन वर्षीय योजन विकको सल्यान अस्पतालमा मृत्यु भएको थियो ।
घटना आइतबार बेलुकीको हो । एउटै परिवारका चार जनाले जङ्गली च्याउ खाएपछि बिरामी भएका थिए ।
प्रहरीका अनुसार च्याउ खाएर गम्भीर बिरामी भएकी ९ वर्षीया आयुषा विकलाई पनि सल्यानबाट दाङ रिफर गरिएको छ ।
आमा ३५ वर्षीया राजकुमारी विकको अवस्था मध्यम रहेको छ । उनको रुकुमपश्चिमको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4