+
+
Shares

जङ्गली च्याउ खाँदा रुकुमपूर्वमा बालकको मृत्यु, आमासहित दुई बालबालिका गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते २२:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुकुमपूर्वमा जङ्गली च्याउ खाँदा ३ वर्षका योजन सुनारको मृत्यु भएको छ भने तीन जना गम्भीर बिरामी भएका छन्।
  • परिवारका सदस्यले जंगलबाट ल्याएर पकाएको च्याउ खाएपछि ज्वरो, वान्ता र टाउको दुख्ने लक्षण देखिएको थियो।

६ साउन, रुकुमपूर्व । जङ्गली च्याउ खाँदा रुकुमपूर्वमा एक बालकको ज्यान गएको छ भने तीन जना गम्भीर बिरामी भएका छन् ।

भूमे गाउँपालिका–५ सेराबाङका ३ वर्षीय योजन सुनारको उपचारको क्रममा मृत्यु भएको भएको हो ।

जंगली च्याउ खाएका उनकी आमा ३५ वर्षीया राजकुमारी सुनार, ९ वर्षीया छोरी आयुषा सुनार र ६ वर्षीया भाग्यरेखा सुनार गम्भीर बिरामी परेका प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार साँझ जंगलबाट ल्याएर पकाएको च्याउ खाएपछि परिवारका सबै सदस्यमा ज्वरो, वान्ता, टाउको दुख्ने लगायतका लक्षण देखिएको थियो । स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनीहरूलाई सोमबार बिहान रुकुमपूर्व अस्पताल लगिएको थियो ।

अवस्था चिन्ताजनक देखेपछि अस्पतालले योजन, भाग्यरेखा र आमालाई थप उपचारका लागि सल्यान रेफर गरेको थियो । तर, जिल्ला अस्पताल सल्यानमा उपचारकै क्रममा मंगलबार दिउँसो ३ बजे योजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमाशंकरप्रसाद यादवले जानकारी दिए ।

डीएसपी यादवका अनुसार भाग्यरेखाको अवस्था निकै गम्भीर छ । उनीहरूलाई थप उपचारका लागि दाङ पठाइएको डीएसपी यादवले बताए । प्रहरीका अनुसार जंगल च्याउ खाएर बिरामी परेकी आयुषालाई भने थप उपचारका लागि रुकुम पश्चिम पठाइएको छ ।

लेखक
अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?