+
+
Shares

मेलम्चीको कार्यकारी निर्देशकमा जगरनाथ दास नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २ गते ७:२०

१ भदौ, काठमाडौं । मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशक (ईडी) मा जगरनाथ दास नियुक्त भएका छन् । नेपाल सरकार खानेपानी मन्त्री स्तरीय निर्णयले निर्देशकमा दासलाई नयुक्त गर्ने निर्णय गरेको हो ।

कार्यकारी निर्देशकमा नियुक्त भएका दास यसअघि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरका कार्यालय प्रमुख थिए । उनले आयतबार मेलम्चीको कार्यकारी निर्देशकको रुपमा पदवहाली गरिसकेका छन् ।

त्यसैगरी मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक रत्न लामिछानेलाई खानेपानी तथा ढल व्यवस्थापन विभागको उपमहानिर्देशकमा नियुक्त गरिएको छ ।

विभागको परिवर्तित स्थायी संरचना अनुसार तीन जना उपमहानिर्देशकको दरबन्दी रहेकोमा हाल तीनै जना उपमहानिर्देशक नियुक्त भएपछि विभागले पूर्णता पाएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए ।

यसैगरी महानिर्देशक श्रेष्ठले आर्थिक वर्षको सुरुमा नै महाशाखा प्रमुखहरुको दरबन्दीले पूर्णता पाएपछि विभागले अझ रफ्तारमा थप प्रगतिका कार्य सम्पादन गर्ने विश्वास व्यक्त गरे ।

उपमहानिर्देशक लामिछानेलाई खानेपानी महाशाखा, ढल तथा सरसफाइ व्यवस्थापन महाशाखामा उपमहानिर्देशक बालमुकुन्द श्रेष्ठ र सेवा नियमन तथा समन्वय महाशाखाको जिम्मेवारी उपमहानिर्देशक नारायणप्रसाद आचार्यलाई तोकिएको  विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?