+
+
Shares

दार्चुला-गोकुलेश्वर सडक : पहिराले तेर्छालेक रनेबास  क्षेत्र अवरुद्ध

रासस रासस
२०८२ भदौ २ गते ९:४९

२ भदौ, खलङ्गा । पहिराले दार्चुला–गोकुलेश्वर सडक अन्तर्गत तेर्छालेक रनेबास  क्षेत्र अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मुख्य सडकमार्ग आज बिहानदेखि  शैल्यशिखर नगरपालिका-६ र मालिकार्जुन गाउँपालिका-३ को सीमानामा पर्ने तेर्छ्यालेक रनेबासमा सडक  अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारी साधन आवतजावतमा समस्या भएको छ ।

निरन्तर ढुङ्गा र लेदो बगेको कारण अवरुद्ध सडक खुलाउन उपकरण परिचालनमा समस्या भएको छ ।  गोकुलेश्वरबाट उपकरण  पठाइएको तर निरन्तर ढुङ्गा र लेदो बगेको कारण खुलाउन समस्या भएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।

जिल्ला सदरमुकाम खलङ्गाबाट बाहिरिने र भित्रिने सवारीसाधन उक्त क्षेत्रमा जाममा परेका छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?