
News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोत्तम सिमेन्टको गत आर्थिक वर्षको खुद नाफा १ अर्ब ४५ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.७ गुणा बढी हो।
- कम्पनीको बिक्री आम्दानी ६ अर्ब ३७ करोड रुपैयाँबाट बढेर ९ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ र भारतमा पनि सिमेन्ट निर्यात भइरहेको छ।
- कम्पनीको चुक्ता पूँजी ४ अर्ब ९५ करोड रुपैयाँ छ र संस्थापक समूहको सेयर हिस्सा ८७.१० प्रतिशत रहेको छ।
२ भदौ, काठमाडौं । सर्वोत्तम सिमेन्टको नाफा ६.७ गुणा बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा १ अर्ब ४५ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष यसै अवधिमा यस्तो नाफा १४ करोड ९३ लाख रुपैयाँ थियो ।
बिक्री आम्दानी बढेसँगै कम्पनीको नाफा बढेको हो । अघिल्लो आर्थिक वर्ष बिक्री आम्दानी ६ अर्ब ३७ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ९ अर्ब ५५ करोडको छ । कम्पनीले भारतमा पनि सिमेन्ट निर्यात गर्दै आएको छ ।
४ अर्ब ९५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । जसमा संस्थापक समूहको सेयर हिस्सा ८७.१० प्रतिशत रहेको छ भने सर्वसाधारण समूहको १२.९० प्रतिशत छ ।
वार्षिक प्रतिसेयर आम्दानी २० रुपैयाँ १९ पैसा छ । पहिलो पटक बुक बिल्डिङ पद्दतीबाट यस कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले सर्वसाधारणलाई आईपीओ जारी गरेको थियो । हाल यस कम्पनीको सेयर मूल्य ९१५ रुपैयाँ हाराहारी छ ।
प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ छ भने प्रतिसेयर कुल सम्पत्ति मूल्य ३०१ रुपैयाँ छ । सहायक कम्पनी पर्साको शुभ श्री जगदम्बा सिमेन्ट, रुपन्देहीको जगदम्बा सिमेन्ट इन्डस्ट्रिज र झापामा सर्वोत्तम सिमेन्ट इस्ट प्रालिलाई सञ्चालनमा ल्याई उत्पादन तथा बिक्री वितरण सुरुवात गरिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4