
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले मधेशवादी दलहरूको दोहोरो चरित्रका कारण मधेशले अधिकार प्राप्त गर्न नसकेको बताए।
- झाले मधेशमा जय मधेश र काठमाडौंमा संघीय अभिवादन गर्ने दलहरूका नेताहरूको दोहोरो चरित्र मधेशका जनताले बुझ्नुपर्ने बताए।
- उहाँले आगामी निर्वाचनमा ब्यालेटको राजनीतिमा जाने र सद्भावना पार्टीलाई जनस्तरसम्म पुर्याउने तयारी रहेको खुलाउनुभयो।
२ भदौ, काठमाडौं । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले दोहोरो चरित्र देखाउने मधेशवादी राजनीतिक दलहरूका कारण नै मधेशले सोचेको जति अधिकार प्राप्त गर्न नसकेको टिप्पणी गरेका छन् ।
यही साता लोकतान्त्रिक समाजवादी पार्टी त्यागेर सद्भावना फर्किएका झाले न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मधेशको राजनीतिक मुद्दा खरो रूपमा बोक्ने राजनीतिक दलहरू कम रहेको बताए ।
मधेशमा जय मधेश भन्ने र काठमाडौंमा संघीय अभिवादन भन्ने राजनीतिक दलका नेताहरू भएकाले मधेश अधिकारहरूबाट संकुचित हुनु परेको उनको तर्क छ ।
‘यहाँ कस्ता पार्टी पनि छन् कि मधेशमा जय मधेश पनि बोल्छन् काठमाडौंमा संघीय अभिवादन भन्छन्,’ उनले भने, ‘प्रधानमन्त्रीसँग के भन्छ गएर उनको खुट्टा पुज्छन् अनि मधेशमा गएर के भन्छ आँप झर्यो केपी ओलीले भन्छन् । त्यस्तो डबल स्ट्यान्ड, ट्रिपल स्ट्यान्ड पार्टीहरू तपाईं देख्न सक्नुहुन्छ ।’
काठमाडौंमा आएर प्रधानमन्त्रीको पूजा गर्ने र मधेशमा गएर मधेशलाई सखाप पारे भन्ने राजनीतिक दलका नेताहरूको दोहोरो चरित्र मधेशका जनताले बुझ्नुपर्ने बताए ।
‘मधेश र मधेशवादीका निम्ति सिंहदरबारदेखि बानेश्वरको संसद भवनसम्म, संसद भवनदेखि विदेशी समुदायसम्म, विदेशी समुदायदेखि बालुवाटार प्रधानमन्त्रीको अगाडि आँखामा आँखा जुधाएर बोल्दासम्म र त्यहाँदेखि जनतासम्म एउटै कुरा बोल्ने’ प्रवृत्ति मधेसी नेतामा नरहेको उनले बताए ।
त्यसका लागि आफू आगामी निर्वाचनमा परीक्षण हुन तयार रहेको उनको भनाइ छ । आफूहरू अन्ततः ब्यालेटको राजनीतिमै जाने बताए ।
‘टेस्ट त प्रत्येक पाँच पाँच वर्षमा हुन्छ नि नेताको ! फेरि अर्को चुनावमा होला । त्यो टेस्ट त फेरि पनि देखिन्छ । हामी कुनै अण्डरग्राउण्ड हुने पार्टी होइन,’ उनले भने, ‘हामी त फाइनल्ली ब्यालेटको राजनीतिमै जाने हो ।’
निर्वाचन आउन अझै दुई वर्ष बाँकी रहेकाले यस बीचमा सद्भावना पार्टीलाई जनस्तरस्म्म पुर्याउने बताए ।
प्रतिक्रिया 4