२ भदौ, काठमाडौ । नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् ।
उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् ।
अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् ।
अफगानिस्तानले काफा नेसनल कपका लागि ताजकिस्तानमा अभ्यास सुरु गरेको छ र मनिषले पनि काम सुरु गरिसकेबा छन् ।
मनिष तिम्सिना एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली गोलकिपर प्रशिक्षक समेत हुन् ।
मनिषले भारतमा गोकुलम केरला, पञ्जाव एफसी क्लबको गोलकिपर प्रशिक्षक भएर काम गरिसकेका छन् ।
यस्तै मनाङ उनले मर्स्याङ्दी क्लबको पनि गोलकिपर प्रशिक्षको रुपमा काम गरिसकेका छन् ।
विराटनगरका मनिषले खेलाडीका रुपमा थ्री स्टार, रानीपोखरी कर्नर टिम (आरसीटी), हिमालयन शेर्पा, बाँसबारी, स्वयम्भू, ब्रिगेड ब्वाइजबाट व्यावसायिक फुटबल खेलेका थिए ।
मनिषले पूर्वाञ्चलबाट पाँचौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका थिए
प्रतिक्रिया 4