+
+
Shares

हजुरआमाले लगेको एउटा किताब ८२ वर्षपछि नातिले फर्काए, जरिवाना २१ लाख रुपैयाँ !

एजेन्सी एजेन्सी
२०८२ भदौ ४ गते ११:३६

अमेरिकाको सान एन्टोनियो सार्वजनिक पुस्तकालयबाट ८२ वर्षअघि एक व्यक्तिले पढ्नका लागि लगेको पुस्तक बल्ल उनका नातिले फिर्ता गरेका छन् । पुस्तकालयमा फिर्ता गरिएको उक्त पुस्तकसँगै एउटा पत्र पनि थियो । जसमा लेखिएको थियो : हजुरआमाले अब यसका लागि पैसा दिनसक्नुहुने छैन ।

एपीका अनुसार उक्त पुस्तक विवाह एवम् पारिवारिक परामर्शदाता फ्रान्सेस ब्रूस स्ट्रेनद्वारा लिखित योर चाइल्ड, हिज फेमिली एण्ड फ्रेण्ड्स् हो ।

पुस्तकालयले एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त पुस्तक सन् १९४३ को जुलाईमा एक व्यक्तिले लगेको र गत जुलाईमा ओरेगनका एक व्यक्तिले फिर्ता गरेको उल्लेख गरेको छ ।

नातिले किताबसँगै पठाए चिठी

पुस्तकालयले फिर्ता भएको उक्त पुस्तकसँगै प्राप्त भएको पत्र पनि सोसल मिडियामा शेयर गरेको छ । उक्त पत्रमा लेखिएको छ : मेरा बुवाको हालै भएको मृत्युपश्चात् मलाई उहाँले छाडेका पुस्तकका केही बाकस बिरासतमा प्राप्त भए । यो किताब मेरी हजुरआमा मारिया डेल सोकोरो एल्ड्रेटे फ्लोरेस (कोर्टेज) ले फर्काउने गरी लग्नुभएको रहेछ । त्यहीँ वर्ष उहाँको अमेरिकी दूतावासमा काम गर्ने गरी मेक्सिको सिटीमा सरुवा भयो । उक्त किताब उहाँले आफैसँग लग्नुभएको होला । र, करिब ८२ वर्षपछि यो मसँग आइपुग्यो ।

८२ वर्षपछि पुस्तकालायमा फर्काइएको उक्त पुस्तक अभिभावकहरुका लागि आफ्ना बालबालिकाको निजी सम्बन्धहरुलाई राम्रो बनाउनमा कसरी सहयोग गर्ने भन्ने विषयमा मार्गदर्शनको रुपमा थियो ।

जरिवाना शुल्क मिनाहा

पुस्तक फिर्ता गर्ने व्यक्तिले पत्रमा लेखेका छन्- मलाई आशा छ कि यसका लागि कुनै विलम्ब शुल्क लाग्नेछैन । किनकि हजूरआमाले अब त्यो शुल्क भुक्तान गर्न सक्नुहुन्न ।

पुस्तकालयले एक प्रेस विज्ञप्तिमा सन् २०२१ म उक्त विलम्ब शुल्कको जरिवाना हटाएको उल्लेख गरेको छ । तर, सो पुस्तकको भित्री गातामा विलम्ब शुल्कबापत प्रतिदिन ३ सेन्ट लाग्ने चेतावनी सन्देश छापिएको थियो ।

मुद्रास्फीतिलाई छाडेर उक्त जरिवाना करिब ९००  डलर हुन्छ । अमेरिकी श्रम सांख्यिकी ब्यूरोको मुद्रास्फीति गणकका अनुसार सन् १९४३ जुलाई महिनाको ३ सेन्ट आजको ५६ सेन्ट बराबर हो । जस अनुसार हालसम्म यसको जरिवाना १६ हजार डलर अर्थात् करिब २१ लख रुपैयाँ हुन आउँछ ।

पुस्तकालयका अनुसार उक्त किताब राम्रो अवस्थामा छ । अगष्ट महिनासम्म सो पुस्तक सहरको केन्द्रीय पुस्तकालयमा प्रदर्शनमा रहने बताइएको छ । तत् पश्चात् सो पुस्तकलाई सान एन्टोनियो सार्वजनिक पुस्तकालयका मित्रहरुलाई दान दिइनेछ र पुस्तकालयको लाभका लागि बिक्री गरिनेछ ।

रेकर्ड राख्न असफल

८२ वर्षपछि पुस्तकालयमा फिर्ता गरिएको यो पुस्तकले सबैभन्दा लामो समयपछि फर्काइएको पुस्तकको कीर्तिमान कायम गर्न भने सकेन । वास्तवमा यो ८ दशकको अवधि यस विधामा रहेको कीर्तिमानको छेउछाउसम्म पनि पुग्दैन ।

गिनिज वर्ल्ड रेकर्डस्का अनुसार सबैभन्दा लामो समयपछि फिर्ता गरिएको पुस्तकालयको पुस्तकको कीर्तिमान सन् १९५६ मा इंगल्याण्डको क्याम्ब्रिज विश्वविद्यालयको सिडनी सक्सेस कलेजको पुस्तकालयले कायम गरेको छ । उक्त पुस्तक सन् १६६८ मा लगेर त्यसको २८८ वर्षपछि मात्रै पुस्तकालयमा फिर्ता गरिएको थियो । साथै उक्त पुस्तक लग्ने मानिसमाथि पनि पुस्तकालयले कुनै जरिवाना गरेको थिएन ।

लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?