+
+
Shares

गौमाया गुरुङको फिल्म ‘सेप अफ मोमो’ बुसान फेस्टिभलमा छनोट

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ४ गते १७:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गौमाया गुरुङ अभिनित फिल्म 'सेप अफ मोमो'ले कान्स मार्केटमा 'अफ गोज टु कान्स' अवार्ड जितेको छ।
  • 'सेप अफ मोमो' यसवर्षको बुसान फिल्म फेस्टिभलको 'भिजन एसिया' विधामा छनोट भएको छ।
  • फिल्म सेप्टेम्बरमा स्पेनको सन सेबास्टियन फिल्म फेस्टिभलमा पनि स्क्रिनिङ हुँदैछ।

काठमाडौं । गौमाया गुरुङ अभिनित फिल्म ‘सेप अफ मोमो’ले अन्तर्राष्ट्रिय महोत्सवहरूमा लगातार सफलता हासिल गरिरहेको छ ।

जेठ पहिलो साता कान्स फिल्म फेस्टिभल अन्तर्गतको कान्स मार्केटमा यो फिल्मले ‘हफ गोज टु कान्स’ अवार्ड जित्यो । यो फिल्ममा पशुपति राई, श्यामाश्री शेर्पा र राहुल मुखियाको पनि अभिनय छ ।

यो फिल्मलाई लिएर नयाँ खबर छ । यसवर्षको प्रतिष्ठित बुसान फिल्म फेस्टिभलको ‘भिजन एसिया’ विधामा यो फिल्म छनोट भएको छ ।

साथै, स्पेनको सन सेबास्टियन फिल्म फेस्टिभलमा समेत सेप्टेम्बरमा यो फिल्म स्क्रिनिङ हुँदैछ । बुसानमा यो फिल्म छनोट हुनु सिक्किमेली निर्देशक त्रिवेणी राईको लागि ठूलो सफलता हो ।

परिवारका पुरुष सदस्यको मृत्युले पीडित मुख्य पात्र परिवारमा फर्कन जागिर छोड्छिन् । उदासिन बाँकी महिलाहरूलाई देखेर उनले उनीहरूलाई स्वतन्त्रता र आत्मनिर्भरतातर्फ सशक्त बनाउने संकल्प गर्छिन् । यसको कथा यही थिममा घुमेको छ ।

यसवर्षको बुसान फिल्म फेस्टिभल सेप्टेम्बर १७ देखि सेप्टेम्बर २६ सम्म दक्षिण कोरियामा आयोजना हुँदैछ । यस संस्करणमा ७० देशका २४० फिल्म प्रदर्शन हुनेछ ।

भिजन एसिया विधामा ११ फिल्म स्क्रिनिङ हुनेछन् । भिजन कोरिया र भिजन एसिया खण्ड यसवर्षदेखि थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?