+
+
Shares

नाडा अटो शो : चर्चामा स्काइवेल एसयूभी ‘बीई ११’ र ‘ईटी ५’

स्काइवेलले चिनियाँ ब्रान्डप्रतिको परम्परागत धारणा चिर्दै युरोप र अस्ट्रेलियामा बिक्री हुने अन्तर्राष्ट्रिय स्तरकै गाडी नेपाली उपभोक्तालाई प्रदान गरिरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ४ गते २०:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जी मोटर्स प्रालिले नाडा अटो शो २०२५ मा स्काइवेल ब्रान्ड अन्तर्गत दुई इलेक्ट्रिक एसयूभी बीई ११ र ईटी ५ प्रदर्शनीमा राखेको छ।
  • स्काइवेल बीई ११ मा ५१ र ७२ किलोवाट–आवर ब्याट्री विकल्प छन्, जसले क्रमशः ४१० र ५२० किलोमिटरको रेन्ज दिन्छ।
  • स्काइवेल ईटी ५ मा ८६ किलोवाट–आवर ब्याट्री छ र यसले ६२० किलोमिटरको रेन्ज प्रदान गर्छ, यसको मूल्य १ करोड १५ लाख तोकिएको छ।

४ भदौ, काठमाडौं । ‘नाडा अटो शो २०२५’ को सबैभन्दा ठूलो आकर्षणमध्ये एक जी मोटर्स प्रालिले स्काइवेल ब्रान्ड अन्तर्गत दुई शक्तिशाली र भिन्न इलेक्ट्रिक एसयूभी ‘बीई ११’ र ‘ईटी ५’ एकसाथ प्रदर्शनीमा राखेको छ ।

नाडा अटो शोमा जी मोटर्सका कार्यकारी निर्देशक पारसमणि गेलालले स्काइवेलले नेपाली बजारको आवश्यकता गहिरोसँग अध्ययन गरेर यी दुई मोडेल ल्याएको बताए ।

उनका अनुसार कम्पनीले एकातर्फ व्यावहारिक र सुलभ प्रिमियम अनुभव खोज्नेहरूका लागि स्काईवेल बीई ११ र अर्कातर्फ कुनै सम्झौताविना अधिकतम रेन्ज र विलासी सुविधा चाहनेका लागि फ्ल्यागसिप मोडेल स्काइवेल ईटी ५ प्रस्तुत गरेको हो ।

बीई ११ : नेपाली सडक सुहाउँदो डिजाइन

नाडा अटो शो २०२५ मा जी मोटर्सले आफ्नो बहुप्रतीक्षित इलेक्ट्रिक एसयूभी स्काईवेल बीई ११ सार्वजनिक गरेसँगै यसले अवलोकनकर्ताहरूको विशेष ध्यान खिचेको छ । उत्कृष्ट रेन्ज, आधुनिक फिचर र विशेषगरी नेपाली सडक सुहाउँदो डिजाइनका कारण यो एसयूभी शोकै प्रमुख आकर्षणमध्ये एक बन्न सफल भएको छ ।

स्काइवेल बीई ११ नेपाली बजारमा दुई फरक ब्याट्री र रेन्ज विकल्पमा उपलब्ध गराइएको छ, जसले ग्राहकलाई आफ्नो आवश्यकता र बजेट अनुसार छनोट गर्ने सुविधा दिएको कम्पनीका कार्यकारी निर्देशक गेलालले बताए ।

उनका अनुसार यसको स्ट्यान्डर्ड रेन्ज भेरिएन्टमा ५१ किलोवाट–आवरको ब्याट्री प्याक छ, जसले एक पटकको फुल चार्जमा ४ सय १० किलोमिटरसम्मको दुरी तय गर्छ । नाडा अटो शो लक्षित गरी यसको मूल्य ७९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

त्यसैगरी लामो दुरीको यात्रा रुचाउनेका लागि लङ रेन्ज भेरिएन्ट उपलब्ध छ, जसमा ७२ किलोवाट–आवरको ब्याट्री प्याक जडान गरिएको छ र यसले ५ सय २० किलोमिटरसम्मको प्रभावशाली रेन्ज प्रदान गर्छ । यसको मूल्य ८९ लाख ९० हजार तोकिएको छ ।

पर्फर्मेन्सको कुरा गर्दा दुवै भेरिएन्टमा १ सय ५० किलोवाटको शक्तिशाली इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले करिब २०१ हर्सपावर बराबरको पावर उत्पन्न गर्छ । यसले गाडीलाई तीव्र गति र उत्कृष्ट पर्फर्मेन्स प्रदान गर्ने उनको भनाइ छ । अत्याधुनिक लिथियम–आयन ब्याट्री प्रविधिले लामो आयु र उच्च विश्वसनीयता सुनिश्चित गर्दछ ।

यसको डिजाइन आकर्षक र भविष्य उन्मुख छ, तर यसको सबैभन्दा सबल पक्ष भनेको नेपाली सडकको अवस्था ध्यानमा राखेर दिइएको १९७ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स हो । यसले गर्दा कच्ची, उबडखाबड र खाल्डाखुल्डी भएको बाटोमा पनि गाडीको तल्लो भाग ठोक्किने चिन्ता हुँदैन, जसले यसलाई नेपालका लागि निकै व्यावहारिक बनाएको छ ।

गाडीको भित्री भाग आरामदायी र प्रविधिमैत्री फिचरहरूले भरिपूर्ण छ । ड्यासबोर्डको केन्द्रमा रहेको १२.८ इन्चको ठूलो टचस्क्रिनले गाडीलाई प्रविधिमैत्री बनाएको छ भने विशाल पानोरामिक सनरुफले क्याबिनलाई फराकिलो र उज्यालो महसुस गराउँछ ।

त्यस्तै पार्किङ र साँघुरो ठाउँमा सहजताका लागि ३६०–डिग्री भ्यु क्यामेरा, प्रिमियम अनुभवका लागि वुडन फिनिस र सफ्ट–टच मेटरियलको प्रयोग तथा खुट्टाको चालबाटै पछाडिको ढोका खोल्न मिल्ने अटोमेटिक टेलगेट जस्ता विशेषताले यसलाई आफ्नो सेगमेन्टमा अब्बल बनाएको छ ।

सुरक्षालाई पनि स्काइवेलले उच्च प्राथमिकतामा राखेको छ । आपतकालीन ब्रेकिङका लागि एबीएस र ईबीडी, उकालोमा गाडी पछाडि सर्नबाट रोक्ने हिल स्टार्ट एसिस्ट र ट्राफिक जाममा सहजता प्रदान गर्ने अटो होल्डजस्ता फिचर यसमा समावेश छन् ।

समग्रमा, स्काइवेल बीई११ आकर्षक डिजाइन, लामो रेन्ज, शक्तिशाली पर्फर्मेन्स र अत्याधुनिक फिचरहरूको उत्कृष्ट प्याकेज हो । विशेषगरी यसको उच्च ग्राउन्ड क्लियरेन्स र फराकिलो क्याबिनले यसलाई नेपाली परिवारका लागि एक व्यावहारिक र आकर्षक विद्युतीय एसयूभी बनाएको छ ।

स्काइवेल ईटी ५ : रेन्ज र ग्राउन्ड क्लियरेन्समा अब्बल

नाडा अटो शो २०२५ मा जी मोटर्सले आफ्नो सबैभन्दा प्रिमियम र शक्तिशाली इलेक्ट्रिक एसयूभी स्काईवेल ईटी ५ पनि प्रदर्शनीमा राखेको छ । नेपालमा उपलब्ध विद्युतीय गाडीमध्ये सबैभन्दा लामो रेन्ज प्रदान गर्ने दाबी गरिएको यो गाडीले आफ्नो मूल्य, विलासी विशेषता र नेपाली भूगोल सुहाउँदो प्रदर्शनका कारण अवलोकनकर्ताको मन जित्न सफल भएको कम्पनीको दाबी छ ।

जी मोटर्सका कार्यकारी निर्देशक गेलालका अनुसार ईटी ५ केवल गाडीमात्र नभई नेपाली बजारका लागि एक पूर्णसमाधान हो । कम्पनीले यसलाई आफ्नो फ्ल्यागसिप मोडेलका रूपमा प्रस्तुत गरेको छ, जसमा कुनै पनि पक्षमा सम्झौता गरिएको छैन । नाडा अटो शोका लागि यसको मूल्य १ करोड १५ लाख रुपैयाँ तोकिएको गेलालले जानकारी दिए ।

यस गाडीको सबैभन्दा प्रमुख विशेषता यसको ६ सय २० किलोमिटरको विशाल रेन्ज हो, जुन ८६ किलोवाट–आवरको शक्तिशाली ब्याट्री प्याकले सम्भव बनाएको छ । यो रेन्जले लामो दुरीको यात्रा, जस्तै काठमाडौंबाट पोखरा वा चितवन गएर फर्किन पनि पर्याप्त हुन्छ, जसले विद्युतीय गाडी प्रयोगकर्ताहरूको सबैभन्दा ठूलो चिन्ता, ‘रेन्ज एन्जाइटी’ लाई लगभग समाप्त गर्ने उनको भनाइ छ ।

पर्फर्मेन्सको कुरा गर्दा ईटी ५ मा १ सय ५० किलोवाटको शक्तिशाली इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले करिब २०१ हर्सपावर बराबरको पावर र ३२० एनएमको टर्क उत्पन्न गर्छ । यो शक्तिले गाडीलाई राजमार्गमा ओभरटेक गर्न वा उकालो बाटोमा सहजै चढ्न सक्षम बनाउँछ ।

गाडीको डिजाइन र बनोट यसको अर्को सबल पक्ष हो । यसको प्रिमियम र परिष्कृत बाहिरी डिजाइन, डायमन्ड–कट एलोय ह्विल र स्लिक बडी लाइनले यसलाई एक विलासी एसयूभीको पहिचान दिन्छ । तर, यसको सबैभन्दा उत्कृष्ट पक्ष भनेको नेपाली सडकका लागि विशेष मानिने ग्राउन्ड क्लियरेन्स हो ।

‘हामीले नेपाली सडकको अवस्थालाई गहिरोसँग बुझेका छौं, ईटी ५ मा रहेको न्यूनतम १९७ एमएम र अगाडि तथा पछाडिको भागमा क्रमश: २३२ एमएम र २४२ एमएमको असाधारण ग्राउन्ड क्लियरेन्सले यसलाई नेपालको जुनसुकै कुना, चाहे त्यो मनाङ–मुस्ताङ होस् वा कुनै कच्ची बाटो, त्यहाँ पनि विना कुनै हिचकिचाहट चलाउन सकिने बनाएको छ,’ कार्यकारी निर्देशक गेलालले भने ।

ईटी ५ भित्र पस्नासाथ यसको प्रिमियम र विलासी अनुभव सुरु हुन्छ । उच्च गुणस्तरको लेदर र वुडन फिनिसले सजिएको क्याबिन, १२.८ इन्चको विशाल इन्फोटेनमेन्ट सिस्टम, विशाल आकारको पानोरामिक सनरुफ र उच्च रिजोलुसन भएको ३६०–डिग्री क्यामेराले यात्रालाई आरामदायी र प्रविधिमैत्री बनाउँछ । हातमा सामान हुँदा पनि खुट्टाको चालबाटै पछाडिको ढोका खोल्न मिल्ने लेग सेन्सर सहितको अटोमेटिक टेलगेटले दैनिक जीवनमा थप सहजता प्रदान गर्दछ ।

सुरक्षाको मामलामा पनि ईटी ५ अन्तर्राष्ट्रिय स्तरको छ, जसमा एबीएस, ईबीडी, हिल स्टार्ट एसिस्ट, ६ वटा एयरब्याग र टायर प्रेसर मनिटरिङ सिस्टम जस्ता दर्जनौं सुरक्षा फिचर समावेश छन् ।

‘हाम्रो लक्ष्य केवल गाडी बेच्नुमात्र होइन, नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरको प्रविधि र गुणस्तर अनुभव गराउनु हो । स्काइवेल ईटी ५ ले चिनियाँ ब्रान्डप्रतिको परम्परागत धारणा तोड्दै उत्कृष्ट रेन्ज, विलासी फिचर र नेपाली भूगोल सुहाउँदो पर्फर्मेन्सको एक पूर्ण प्याकेज प्रदान गर्छ,’ गेलालले भने ।

बिक्रीपछिको सेवा र पार्टपुर्जाको ग्यारेन्टी

कम्पनीले बिक्रीपछिको सेवामा पनि विशेष ध्यान दिएको छ । काठमाडौंको नक्साल र राधे–राधे (भक्तपुर), चितवन, इटहरी, बिर्तामोड र विराटनगरमा शोरुमहरू सञ्चालनमा छन् । पोखरा लगायत अन्य सहरमा पनि विस्तारको योजना छ । ग्राहकलाई ढुक्क बनाउँदै नाडा अटो शोमा रहेका स्काइवेलका प्रतिनिधिले भने, ‘स्पेयर पार्ट्सको कुनै समस्या छैन, हामीसँग पर्याप्त स्टक छ ।’

स्काइवेलले चिनियाँ ब्रान्डप्रतिको परम्परागत धारणा चिर्दै युरोप र अस्ट्रेलियामा बिक्री हुने अन्तर्राष्ट्रिय स्तरकै गाडी नेपाली उपभोक्तालाई प्रदान गरिरहेको दाबी गरेको छ ।

स्काइवेलका गाडी किन्दा युरोप टुर

नाडा अटो शोका अवसरमा स्काइवेल इलेक्ट्रिक गाडीको आधिकारिक वितरक जी मोटर्सले ‘युरोप टुर फर फ्यामिली’ नामक योजना सार्वजनिक गरेको छ ।

कम्पनीका कार्यकारी निर्देशक पारसमणि गेलालका अनुसार यो योजना नाडा अटो शो अवधिभरि स्काइवेल गाडी खरिद गर्ने ग्राहकका लागि लक्षित छ ।

नाडा अटो शोमा रहेको स्काइवेलको स्टल नम्बर एच१२ मा गई गाडी बुकिङ गर्ने ग्राहकले सपरिवार युरोप भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन् । यसका साथै उनीहरूले युरोपमै स्काइवेल गाडी टेस्ट ड्राइभ गर्ने अनौठो अवसर पनि पाउनेछन् ।

यो योजना अन्तर्गत गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकलाई क्लासिक डायमन्ड न्युरोडद्वारा डिजाइन गरिएको एक थान ‘डाइमन्ड नेकलेस’ उपहार स्वरूप प्रदान गरिने छ । साथै, एक भाग्यशाली ग्राहकले ‘रोलेक्स घडी’ जित्ने मौका पाउनेछन् ।

यसबाहेक पुराना गाडी साटेर नयाँ स्काइवेल खरिद गर्न चाहने ग्राहकका लागि थप आकर्षक बोनसको व्यवस्था पनि गरिएको छ ।

कम्पनीका अनुसार न्यूनतम ब्याजदरमा ८० प्रतिशतसम्मको फाइनान्स सुविधा र एक आर्थिक वर्षको कर सुविधा पनि उपलब्ध गराइने छ ।

जी मोटर्सले नेपाली बजारमा युरोपेली मापदण्डका प्रिमियम इलेक्ट्रिक गाडी बिक्री गर्दै आएको छ । स्काइवेलका गाडीहरू जर्मनी, बेलायत, अस्ट्रेलिया, टर्की, इजरायल लगायत विश्वका ६५ भन्दा बढी देशमा लोकप्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?