+
+
Shares

निजामती कर्मचारी अस्पतालबाट एसीका पार्टपुर्जा चोरी

मीनभवनस्थित निजामती कर्मचारी अस्पतालबाट एसीका पार्टपुर्जा चोरी भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ६ गते १७:०७
फाइल तस्वीर

६ भदौ, काठमाडौं । मीनभवनस्थित निजामती कर्मचारी अस्पतालबाट एसीका पार्टपुर्जा चोरी भएको छ ।

चोरी गर्दागर्दै पक्राउ परेका व्यक्तिहरूमाथि अहिले चोरीको कसुरमा मुद्दा दर्ता गरिएको छ ।

चोरीको आरोपमा पर्सा घर भएका २८ वर्षीय मोहमद फरमान अन्सारी भनिने महमद फरमान अन्सारी र एक नाबालक छन् । अन्सारी विगत १० वर्षदेखि एसी जडान र मर्मतको काम गर्दै आएको व्यक्ति रहेको प्रहरीले बताएको छ ।

२३ साउनमा अस्पतालको रेडियोलोजी विभागको भित्तामा जोडिएको एसीको पार्टपुर्जा चोरी गरिएको बताइएको छ ।

उनीहरूबाट पार्टपुर्जा समेत बरामद भएको थियो । बरामद भएको पार्टपुर्जा ६ हजार ५ सय रुपैयाँ बराबरको भएकाले सोही अनुसारको बिगो कायम गर्दै मुद्दा दायर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?