+
+
Shares

अन्यायपूर्वक वडा अध्यक्षबाट हटाएको भन्दै उच्च अदालत पुगे जितेन्द्र

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ७ गते १३:२९

७ भदौ, बुटवल  । दाङको घोराही उपमहानगरपालिका–८ का वडा अध्यक्ष जितेन्द्र शाहले उच्च अदालत तुलसीपुरमा रिट दर्ता गराएका छन् ।

आफूलाई अन्यायपूर्वक पदबाट हटाएर कार्यपालिका बैठकमा दुर्व्यवहार गरेको भन्दै उनले रिट दर्ता गरेका हुन् ।

आफुलाई एक पटक पनि सफाइको मौका नदिएको र राजीनामा दिएको २ वर्षपछि मात्रै स्वीकृत गरेको रिट निवेदनमा बताएका छन् ।

कानुनी प्रक्रिया नै पूरा नगरी अरुलाई कार्यवाहक अध्यक्ष तोक्ने निर्णय बदर गरी आफूलाई पुन: जिम्मेवारीमा फर्काउन शाहले माग गरेका छन् ।

अब आफू पुन: एमालेको सदस्यता नलिने र बाँकी कार्यकाल पूरा गर्न अदालतले पुनर्बाहली गरिदिने विश्वास उनले व्यक्त गरे ।

जनताको मन जित्ने काम गर्दागर्द पदबाट हटाइएको उनले दाबी गरेका छन् ।

घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमा डिसीसहित कार्यपालिकालाई विपक्षी बनाएर अदालतमा रिट हालेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?