+
+
Shares

नीताले अस्ट्रेलियामा गरिन् तीजव्रत कार्यक्रमको शुभारम्भ

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १० गते १२:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित बरउडमा नेपाली हिन्दु समाजले तीज महोत्सव सुरु गरेको छ।
  • अभिनेत्री नीता ढुङ्गानाले तीजको व्रत कार्यक्रमको शुभारम्भ गरिन् र सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको छ।
  • कार्यक्रम बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म चल्नेछ र ज्योतिष तथा अभिनेता हरिहर अधिकारीले सांगीतिक प्रस्तुति दिनेछन्।

अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित बरउडमा नेपाली हिन्दु समाजको आयोजनामा तीज महोत्सव सुरु भएको छ ।

नेपाली समुदायको सहभागितामा आयोजना गरिएको कार्यक्रममा अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गानाले तीजको व्रत कार्यक्रमको शुभारम्भ गरिन् ।

महोत्सवमा सांस्कृतिक प्रस्तुति, पूजापाठ, नृत्य, तथा तीज सम्बन्धित विविध कार्यक्रम समावेश गरिएको आयोजकले जनाएका छन् । कार्यक्रम बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने छ ।

कार्यक्रममा अभिनेत्री ढुङ्गानासँगै ज्योतिष तथा अभिनेता हरिहर अधिकारीले सांगीतिक प्रस्तुति दिने भएका छन् । अभिनेता अधिकारीका अनुसार, कार्यक्रममा साँझ दुईवटा स्टेज प्रदर्शनको तयारी गरिएको छ ।

नेपाली हिन्दु समाजले अष्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई महोत्सवमा सहभागी हुन आह्वान गरेको छ । आयोजकका अनुसार, महोत्सवले नेपाली संस्कृति संरक्षण र प्रवर्धनसँगै समुदायबीच आपसी भेटघाट र सम्पर्क विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?