
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता भुवन केसीले फिल्म क्षेत्रमा नेपोटिज्मको बहस समीर भट्टले हटाइदिएको भन्दै खुसी व्यक्त गर्नुभयो।
- भुवनले कलाकारका सन्तान कलाकारितामा आउँदा प्रोत्साहन गर्नुपर्ने बताउनुभयो।
- फिल्म 'जेरी : अन टप' ३१ असोजमा प्रदर्शनमा आउन लागेको छ र भुवनले आफ्ना पुत्र अनमोललाई प्रशंसा गर्नुभयो।
काठमाडौं । नेपाली फिल्म क्षेत्रमा बेलाबखत नातावाद (नेपोटिज्म) को विषयले चर्चा पाउँछ । स्टारका परिवारका सदस्यले अभिनय गरेको फिल्म प्रदर्शन हुने छेकोमा सामाजिक संजालमा यसको चर्चा सुनिन्छ ।
प्रदर्शन तयारीमा रहेको फिल्म ‘जेरी : अन टप’को टिजर रिलिज गर्न आयोजित पत्रकार सम्मेलनमा पनि अभिनेता भुवन केसीले यो प्रसंग निकाले । भुवनले बेला बेलामा यसबारे धारणा राखिरहेका हुन्छन् ।
विराज भट्टका छोरा समीरबारे पत्रकारले भुवनलाई यसबारे प्रश्न सोधेका थिए । जवाफमा भुवनले समीरलाई आफूले छोरा जस्तै सोच्ने गरेको बताउँदै फिल्म क्षेत्रमा ‘नेपोटिज्म’को बहस समीरले बन्द गरिदिएको भन्दै खुसी व्यक्त गरे ।
‘फिल्म क्षेत्रमा अरू पनि कलाकारका सन्तान छन् । तर, अनमोल इन्डस्ट्रीमा आउने वितिक्कै ‘नेपोटिज्म’को अरोप सहनुपर्यो । उसलाई ‘नेपोटिज्म’ भनियो । जब समीर आयो, तब उसले ‘नेपोटिज्म’को बहस नै हटाइदियो । त्यो कुराले म खुसी छु’ उनले भने ।
भुवनले नातावाद भन्ने नै नहुने जिकिर गर्दै कलाकारका सन्तान कलाकारितामा आउँदा प्रोत्साहन गर्नुपर्ने बताए । सुयोग गुरुङ निर्देशित फिल्ममा भुवनले वास्तविक जीवनका आफ्ना पुत्र अनमोलकै बुवाको भूमिका निर्वाह गरेका छन् ।
यो फिल्ममा अनमोलले आफूले भन्दा उत्कृष्ट अभिनय गरेको भन्दै प्रशंसा गरे । उनी भन्छन्, ‘बाहिरको फिल्म गर्दा त्यहाँका कलाकारलाई जित्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । यो फिल्ममा चाहिँ मलाई अनमोलले हराइदियो ।’
सो अवसरमा बोल्दै अनमोलले भने बुवा भुवनको तुलनामा आफ्नो योगदान छेउछाउमा पनि नरहेको बताए । ‘जेरी : अन टप’ ३१ असोजमा प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4