
News Summary
Generated by OK AI. Editorially reviewed.- भुवन केसीले नयाँ सामाजिक ड्रामा फिल्म ‘बाटुलो जुन’को छायांकन शनिबार धादिङको नौबिसेस्थित काउलेबाट सुरु गरे।
- फिल्मको टिजर पोस्टरमा अनमोल केसी र प्रिन्सी खतिवडालाई चित्रण गरिएको छ, जसले दर्शकको उत्सुकता बढाएको छ।
- फिल्मको बजेट २५ लाख रहेको र पहिलो चरणको छायांकन केही दिन मात्र हुने जानकारी दिइएको छ।
काठमाडौं । भुवन केसीले आगामी निर्देशकीय फिल्म ‘बाटुलो जुन’को छायांकन शनिबार धादिङको नौबिसेस्थित काउलेबाट थालेका छन् । अबको ५० दिनसम्म यो सोसल ड्रामा फिल्मको छायांकन पोखरा, रुकुम लगायतका पश्चिम पहाडी जिल्लामा हुने जानकारी उनले दिए ।
छायांकन सुरु भएको दिन शनिबार यो फिल्मको टिजर पोस्टर सार्वजनिक गरिएको छ जहाँ डेब्यु गर्ल प्रिन्सी खतिवडा र अभिनेता अनमोल केसीलाई चित्रण गरिएको छ ।
‘धेरैले पोस्टरलाई मैले गरेका अघिल्ला फिल्म सम्झना लगायतसँग दाँज्नुभयो’ पोस्टरबारे भुवनले अनलाइनखबरसँग भने, ‘अनमोल र प्रिन्सीको जोडीलाई पोस्टरमा धेरैले रुचाउनुभएको छ ।’ उनले बन्न लागेको नयाँ फिल्म ग्रामिण सेटिङमा सुन्दर प्रेमकथामा बन्न लागेको बताए ।
पहिलो चरणमा केही दिन मात्र फिल्मको छायांकन हुनेछ । बाँकी छायांकन भने भदौमा गर्ने तयारी छ । सनराइज प्रालिको ब्यानरमा जिया केसीको लगानीमा बन्ने फिल्मको बजेट २५ लाख बताइएको छ ।
फिल्मका अरु को-को कलाकार रहने हुन् भन्ने केही पनि खुलेको छैन । अनमोलको यो लुक्सले दर्शकमाझ उत्सुकता पैदा गर्ने निश्चित छ । अनमोल अभिनित फिल्म ‘जेरी अन टप’ असोजको ३१ गतेबाट रिलिजमा आउँदैछ । उनले फिल्म ‘ए मेरो हजुर ५’ पनि साइन गरिसकेका छन् ।
प्रतिक्रिया 4