
११ भदौ, काठमाडौं । बजारमा भुईंकटहरको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि निर्धारण गरेको मूल्यसूचीले भुईंकटहरको भाउ बढेको देखाएको हो ।
आज बुधबार कालीमाटी बजारमा भुईंकटहर थोकमा प्रतिगोटा न्यूनतम १४५ देखि अधिकतम १६० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो मंगलबार भने भुईंकटहर थोकमा प्रतिगोटा न्यूनतम १४० देखि अधिकतम १५० रुपैयाँमा किनबेच भएको थियो ।
भुईंकटहर बजारमा बाह्रै महिना उपलब्ध हुने व्यवसायी बताउँछन् । भुइँकटहर नेपालमा तराई भेगमा उत्पादन हुन्छ । त्यहाँको उत्पादन कम हुने हुँदा धेरै परिमाणमा भारतबाट आयात हुने गरेको कालीमाटीका व्यवसायी बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4