+
+
Shares

भुईंकटहर प्रतिगोटा २ सय रुपैयाँ

भुईंकटहर खुद्रा व्यवसायीले काटेर पनि बिक्री गर्ने गरेका छन् । खुद्रा पसलमा भुईंकटहर प्रतिगोटा २१० देखि २२० रुपैयाँसम्म बेच्ने गरेको पाइन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २७ गते १२:४३

२७ चैत, काठमाडौं । कालीमाटी  फलफूल तथा तरकारी बजारमा भुईंकटहरको थोक मूल्य प्रतिगोटा अधिकतम २ सय रुपैयाँ रहेको छ । यसको औसत भाउ १९० रुपैयाँसम्म छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि निर्धारण गरेको तरकारी तथा फलफूलको थोक मूल्य अनुसार भुईंकटहरको भाउ प्रतिगोटा अधिकतम २०० रुपैयाँ कायम छ ।

भुईंकटहर बजारमा बाह्रै महिना उपलब्ध हुने व्यवसायी बताउँछन् । भुईंकटहर नेपालमा तराई भेगमा उत्पादन हुन्छ । त्यहाँको उत्पादन कम हुने हुँदा धेरै परिमाणमा भारतबाट आयात हुने गरेको कालीमाटीका व्यवसायी बताउँछन् ।

भुईंकटहर खुद्रा व्यवसायीले काटेर पनि बिक्री गर्ने गरेका छन् । खुद्रा पसलमा भुईंकटहर प्रतिगोटा २१० देखि २२० रुपैयाँसम्म बेच्ने गरेको पाइन्छ ।

फलफूल तथा जुस पसलमा भुईंकटहरको जुस मात्रै पनि किन्न पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?