+
+
Shares

बील बिजक बिनाको साढे ४६ लाख बराबरको सञ्चार सामग्री बरामद

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ११ गते १७:३८

११ भदौ, काठमाडौं । महोत्तरीको बर्दिवास नगरपालिका–९ रातु खोलास्थित बगर इलाकाबाट सशस्त्र प्रहरीले साढे ४६ लाख रुपैयाँ बराबरको सञ्चार सामग्री बरामद गरेको छ ।

मधेश प्रदेश ०२–००१ स ५२४८ नंम्बरको इ–रिक्सामा लोड गरी राखेको बील बिजक समेत नभएको आठ वटा सञ्चार उपकरण सशस्त्र प्रहरीले बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश भंगाहा र सुरक्षा बेश पशुपतिनगरबाट खटिएको सुरक्षा टोलीले ती सामान बरामद गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए ।

दुरसंचारको टावरमा प्रयोग हुने यी उपकरण कसले कुन प्रयोजनको ल्याएको हो भन्ने केही खुलेको छैन । बरामद सामान तथा रिक्सा आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जलेश्वरमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?