+
+
Shares

पशुपतिनाथ बालुवाखानीको भ्रष्टाचार मुद्दा पुनरावलोकन हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १२ गते १९:१४
पशुपतिनाथ मन्दिरको गोठाटारस्थित बालुवाखानी (फाइल तस्वीर)

१२ भदौ, काठमाडौं । सर्वोच्च अदालतले गोठाटारस्थित पशुपति क्षेत्र विकास कोषको बालुवाखानीमा भ्रष्टाचार भएको ठहर गर्ने आफ्नै फैसलालाई पुनरावलोकन गर्ने भएको छ ।

न्यायाधीशहरू डा. नहकुल सुवेदी, टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको इजलासले पशुपतिको बालुवाखानीको फैसला पुनरावलोकनका लागि अनुमति हुने भनी आदेश गरेको हो ।

पशुपति क्षेत्र विकास कोषको बालुवाखानी भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका केही आरोपितहरुले फैसला पुनरावलोकन गर्न सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

सामान्यतया: सर्वोच्च अदालतले गरेका फैसलाहरू अन्तिम मानिन्छन् । तर प्रमाणको मूल्यांकन, नजिरसँग बाझिएको तथा नयाँ प्रमाण भेटिएर मुद्दामा तात्विक अन्तर पर्नसक्ने भएमा सर्वोच्च अदालतको पूर्ण इजलासले फैसला पुनरावलोकनको अनुमती दिने वा नदिने निर्क्यौल गर्छ ।

पुनरावलोकनको अनुमती भयो भने फेरि सुरुदेखि मुद्दाको सुनुवाइ हुन्छ । सर्वोच्च अदालतका तीन न्यायाधीशको इजलासले फैसला पशुपति बालुवाखानीको फैसला पुनरावलोकनको अनुमति हुने भनी आदेश गरे पनि के आधारमा अनुमति भयो भनी आदेशको विवरण सार्वजनिक भएको छैन ।

गत फागुनमा सर्वोच्च अदालतले गोठाटारको ५३४ रोपनी जग्गामा बालुवाखानी सञ्चालन गर्दा भ्रष्टाचार भएको ठहर गरी पशुपति क्षेत्र विकास कोषका दुई पदाधिकारीहरूलाई ६/६ वर्षका दरले कैद सजाय तोकेको थियो ।

बालुवाखानी सञ्चालनको अनुमती दिँदा भ्रष्टाचार गरेको आरोपमा अरु ५ कर्मचारी र दुई ठेकेदार पनि दोषी ठहर भएका थिए ।  सर्वोच्च अदालतले ठेकेदारलाई १३ करोड रुपैयाँ जरिवाना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?