News Summary
Generated by OK AI. Editorially reviewed.- यती एयरलाइन्सले उपाय सिटी कार्गोसँग साझेदारी गरी 'यती डोर टु डोर कार्गो सेवा' सञ्चालनमा ल्याउँदैछ।
- ग्राहकले उपाय कम्प्लिट प्लेटफर्ममार्फत घरमै बसीबसी कार्गो बुकिङ र रियल–टाइम ट्र्याकिङ गर्न सक्नेछन्।
- सेवामा घरमै सामान संकलन र डेलिभरी, डिजिटल बुकिङ, विकल्प सुविधा र आगामी एआई प्रविधि लागू गर्ने तयारी छ।
१८ भदौ, काठमाडौं। नेपालमा हवाइ कार्गो सेवा थप डिजिटल बनाउन यती एयरलाइन्सले ‘यती डोर टु डोर कार्गो सेवा’ सञ्चालनमा ल्याउँदैछ । उपाय सिटी कार्गो प्रालिसँग रणनीतिक साझेदारी गरी यतीले यो सेवा सुरुवात गर्न लागेको हो ।
ग्राहकले यती एयरलाइन्समा कार्गो पठाउन उपायको अत्याधुनिक लजिस्टिक्स प्लेटफर्म उपाय कम्प्लिट प्रयोग गरी घरमै बसीबसी ‘डोर टु डोर कार्गो सेवा’ बुक गर्न सक्नेछन् ।
अब कार्गो पठाउन एयरपोर्ट वा कार्यालय धाउनु नपर्ने कम्पनीले जनाएको छ । उपायले बुकिङ अनुसार ग्राहकको घरमै सामान लिन आउने र गन्तव्यसम्म पुर्याइदिने सेवा प्रदान गर्ने छ ।
यस्ता छन् सुविधा
घरमै संकलन र डेलिभरी : घरमै आइपुग्ने र तोकिएको स्थानसम्म पुर्याउने सुविधा ।
डिजिटल बुकिङ र ट्र्याकिङ : मोबाइल वा वेबमार्फत सजिलै बुकिङ गर्न सकिने र सामानको स्थिति रियल–टाइममा ट्र्याक गर्न सकिने ।
विकल्प सुविधा : चाहना अनुसार उपाय हबमा कार्गो छाड्न वा परम्परागत एयरपोर्ट–टु–एयरपोर्ट सेवा लिन सकिने ।
‘यती एयरलाइन्ससँगको यो साझेदारीले नेपालको कार्गो सेवा क्षेत्रमा नवीन युगको सुरुवात गर्ने जनाइएको छ । ‘उपाय कम्प्लिट अत्याधुनिक प्रविधि मार्फत हामी सम्पूर्ण प्रक्रियालाई डिजिटलाइज गर्दैछौं, जसले ग्राहकलाई पूर्ण पारदर्शी र विश्वासिलो सेवा अनुभव प्रदान गर्ने छ,’ उपायका प्रबन्ध निर्देशक सुमन रायमाझीले भने ।
यो सेवा सुरुवात गर्नुको मुख्य उद्देश्य बताउँदै यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘यती एयरलाइन्सको प्रतिबद्धता सदैव नेपाललाई छिटो र भरपर्दो रूपमा जोड्ने हो, उपायको प्रविधि र दक्षता तथा हाम्रो हवाई सञ्जाल संयोजन हुँदा देशभरिका व्यवसाय र व्यक्तिगत ग्राहकका लागि विश्वसनीय कार्गो सेवा सम्भव हुनेछ ।’
दुवै कम्पनीले आगामी दिनमा सेवा अझ आधुनिक बनाउन एआई आधारित रुट अनुकूलन, स्वचालित हबहरू र डेटा–आधारित लजिस्टिक समाधान जस्ता नवीन प्रविधि लागु गर्ने तयारी समेत गरेका छन् ।
प्रतिक्रिया 4