
News Summary
Generated by OK AI. Editorially reviewed.- २३ भदौ, काठमाडौंमा सामाजिक सञ्जाल प्रतिबन्ध लगायतका एजेन्डा लिएर जेन-जी प्रदर्शनकारीहरू संसद भवन छिरे।
- २०६२/०६३ को जनआन्दोलनपछि पहिलोपटक प्रदर्शनकारीहरू संसद भवन प्रवेश गरेका हुन्।
- प्रदर्शनकारीहरूले सुरक्षाकर्मीको ब्यारिकेड तोडेर निषेधित क्षेत्रमा प्रवेश गरेका थिए।
२३ भदौ, काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध लगायतका एजेन्डा लिएर प्रदर्शनमा उत्रिएका जेन-जी प्रदर्शनकारीहरू सोमबार संसद् भवन छिरे ।
माइतीघरबाट बानेश्वर हिंडेको एक घन्टाभित्रै प्रदर्शनकारीहरू संसद भवन छिरेका हुन् । २०६२/०६३ को जनआन्दोलनपछि प्रदर्शनकारीहरू संसद् भवन प्रवेश गरेको पहिलोपटक हो ।
यसअघि पनि थुप्रै आन्दोलन भए पनि आन्दोलनकारीहरू निषेधित क्षेत्र तोडेर अगाडि बढ्न सकेका थिएनन् ।
सामान्य तयारीमा छिट्टै समयमा प्रदर्शनकारीहरू सुरक्षाकर्मीको ब्यारिकेड तोडेर निषेधित क्षेत्रतिर छिरेका थिए ।
कतिपय प्रदर्शनकारी स्कुले ड्रेसमै सहभागी थिए ।
हेर्नुहोस् तस्वीरहरूः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4