+
+
Shares

जेनजीको प्रदर्शनमा गोली लागेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते १३:३९

२३ भदौ, काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एक जनाको मृत्यु भएको छ ।

उनको परिचय खुल्न बाँकी छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

अस्पतालमा दर्जनौं घाइते भर्ना भएका छन् । घाइतेको संख्या यकिन नभएको अस्पताल प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?