+
+
Shares

जेनजी आन्दोलनमा घाइते भएका २० जनाको ट्रमा सेन्टरमा उपचार हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते १४:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बानेश्वर क्षेत्रमा प्रहरीले गोली चलाउँदा घाइते भएका २० जनालाई ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
  • सिभिल अस्पतालमा अन्य दर्जनौं घाइतेको उपचार भइरहेको छ र उपचार भइरहेका घाइतेको संख्या यकिन नभएको अस्पताल स्रोतले जनाएको छ।
  • सिभिल अस्पतालमा एक जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ।

२३ भदौ, काठमाडौं । जेनजीको आन्दोलनमा घाइते भएका थप २० जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

बानेश्वर क्षेत्रमा प्रहरीले गोली चलाउँदा घाइते भएका २० जनालाई उपचारका लागि ट्रमा सेन्टर पठाइएको हो ।
ट्रमा प्रशासनका अनुसार उनीहरुको जाँच हुनुका साथै उपचार भइरहेको छ ।

यस्तै, अन्य दर्जनौ घाइतेको सिभिल अस्पतालमा उपचार भइरहेको छ । उपचार भइरहेका घाइतेको संख्या यकिन नभएको अस्पताल स्रोतले जनाएको छ ।

सिभिल अस्पतालमा एक जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?