+
+
Shares

शेखरको सन्देश : आजबाट यो सरकारको औचित्य पूरै समाप्त भयो

‘तपाईंहरूका माग समयसापेक्ष र जायज छन् । आजको लोकतन्त्रमा आफ्ना कुकृत्य लुकाउन सामाजिक सञ्जाल बन्द गर्नु अधिनायकवाद भन्दा अरू के होला र ? देशबाट भ्रष्टाचार निर्मूल हुनैपर्छ,’ उनले लेखेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते २०:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेता शेखर कोइरालाले जेन-जी आन्दोलनको क्रममा १९ जनाको मृत्यु भएपछि आजबाट वर्तमान सरकारको औचित्य पूरै समाप्त भएको टिप्पणी गरेका छन्।
  • उनले सामाजिक सञ्जाल बन्द गर्नु अधिनायकवाद भएको भन्दै देशबाट भ्रष्टाचार निर्मूल हुनुपर्ने बताएका छन्।
  • कोइरालाले विधिसम्मत ढंगले मिलेर देशका समस्याको समाधान खोज्न आग्रह गरेका छन्।

२३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आजबाट वर्तमान सरकारको औचित्य पूरै समाप्त भएको टिप्पणी गरेका छन् ।

सोमबार जेन-जी आन्दोलनको क्रममा साँझसम्म १९ जनाको मृत्यु हुनेगरी सरकारले दमन गरेपछि नेता कोइरालाको उक्त टिप्पणी आएको हो ।

नेता कोइरालाले विधिसम्मत ढंगले मिलेर देशका समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।

‘तपाईंहरूका माग समयसापेक्ष र जायज छन् । आजको लोकतन्त्रमा आफ्ना कुकृत्य लुकाउन सामाजिक सञ्जाल बन्द गर्नु अधिनायकवाद भन्दा अरू के होला र ? देशबाट भ्रष्टाचार निर्मूल हुनैपर्छ,’ उनले लेखेका छन् ।

यस्तो छ शेखरको सन्देश-

प्रिय जेनजी साथीहरू,

आज सरकारका कारण देशमा जे भयो त्यसको परिकल्पना सभ्य समाजमा कसैले पनि गर्न सक्दैन । जनताप्रति अनुत्तरदायी, जनताको आवाज सुन्न र बुझ्न नसक्ने निरंकुश क्रुर सरकारले हातमा किताब कापी बोकेर देशभित्रै आफ्नो उज्ज्वल भविष्यको परिकल्पनामा डुबेको कलिला युवा विद्यार्थीहरूमाथि बर्बर ढंगवाट गोली प्रहार गरेको छ ।

त्यसको जति निन्दा र भर्त्सना गरे पनि पुग्दैन । सरकारले गरेको तपाईं हाम्रा प्रियजनहरुको हत्याले मलाई मर्माहत बनाएको छ ।

श्रद्धाञ्जलीका केही शब्दले राष्ट्रकै यो अपुरणीय क्षतिमा मल्हम लगाउन सक्दैन । यस पीडादायी क्षणमा म तपाईं र तपाईंका अभिभावकहरुसँगै छु र रहिरहनेछु ।

तपाईंहरूका माग समयसापेक्ष र जायज छन् । आजको लोकतन्त्रमा आफ्ना कुकृत्य लुकाउन सामाजिक सञ्जाल बन्द गर्नु अधिनायकवाद भन्दा अरु के होला र ? देशबाट भ्रष्टाचार निर्मुल हुनैपर्छ ।

आजबाट वर्तमान सरकारको औचित्य पूरै समाप्त भएको छ । तपाईं हामी मिलेर देशका हरेक समस्याको विधि सम्मत समाधान खोजौं ।

तपाईंको अभिभावक,
डा. शेखर कोइराला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?