
२४ भदौ, काठमाडौं । भ्रष्टाचारविरुद्ध वकालत गर्ने संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले भ्रष्टाचारलाई वस्तुपरक रुपमा नियन्त्रण गर्न र भ्रष्टाचारीलाई कारबाही गर्न नसकेको सरकारले सत्ताको बलमा युवाको आवाज दमन गरेको निष्कर्ष निकालेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलको नेपाल च्याप्टरले मंगलबार बिहान विज्ञप्ति जारी गरी भ्रष्टाचारविरुद्ध आवाज उठाइरहेका युवाहरुलाई दमन गर्नु गलत हुने भनी टिप्पणी गरेको हो ।
दर्जनौं व्यक्तिको ज्यान जाने घटनामा संलग्न जिम्मेवार व्यक्तिहरुलाई कारबाही गर्नुपर्ने भन्दै उसले अझै जनधनको बढी क्षति हुनसक्ने भएकाले अत्यन्त गम्भीर हुन सरकारलाई आग्रह गरेको हो ।
गतवर्ष ट्रान्सपरेन्सी इन्टरनेशनलले ‘युनाइटिङ युथ अगेन्ट करप्सन, सेपिङ टुमरोज इन्ट्रिगिटी’ भन्ने नारा तय गरेको थियो । पारदर्शिता र जवाफदेहीता बढाउन अनि भ्रष्टाचार उजागर गर्न सामाजिक सञ्जाल महत्वपूर्ण हुँदै गएको भन्दै उसले सरकारले त्यसलाई बन्द गरेर नागरिकको अधिकारको हनन र पारदर्शिता र जवाफदेहितामा पर्दा लाग्ने अवस्था बन्न गएको टिप्पणी गरेको हो ।
उसले सामाजिक सञ्जालमा लगाइएको रोकले बढ्दो भ्रष्टाचार ढाकछोप हुने वातावरण बन्न गएको टिप्पणी गरेको छ ।
प्रतिक्रिया 4