
News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजीका प्रदर्शनकारीले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको रातोपुलस्थित घरमा आगजनी गरेका छन्।
- प्रदर्शनकारीले गगन थापाको घरमा रहेको गाडीमा आगजनी गरेका थिए।
- सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि आन्दोलनमा उत्रिएका जेनजीका युवामाथि प्रहरीले चरम दमन गरेको थियो र कम्तिमा १९ जनाको मृत्यु भएको छ।
२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरमा जेनजीका प्रदर्शनकारीले आगजनी गरेका छन् ।
उनीहरूले महामन्त्री थापाको रातोपुलस्थित घरमा आगजनी गरेका हुन् ।
उनीहरूले गगन थापाको घरमा रहेको गाडीमा सुरूमा आगजनी गरेका थिए ।
सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि आन्दोलनमा उत्रिएका जेनजीका युवाहरूमाथि हिजो प्रहरीले चरम दमन गरेको थियो। साथै प्रहरीले चलाएको गोली लागेर कम्तिमा पनि १९ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4