+
+
Shares

प्रदर्शनकारीले भैरहवा विमानस्थलमा गरे आगजनी

विभानस्थलभित्र प्रवेश गरी उनीहरूले मंगलबार आगजनी गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १९:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रदर्शनकारीहरूले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश गरी आगजनी गरेका छन्।
  • आगजनीका कारण पार्किङमा राखिएका ५ वटा चारपाङ्ग्रे र २ वटा दुई पाङ्ग्रे सवारीसाधन जलेका छन्।
  • विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले अन्य क्षति नभएको दाबी गर्नुभएको छ।

२४ भदौ, काठमाडौं । प्रदर्शनकारीहरूले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी गरेका छन् ।

विभानस्थलभित्र प्रवेश गरी उनीहरूले मंगलबार आगजनी गरेका हुन् । प्रदर्शनकारीहरूको आगजनीका कारण भैरहवा विमानस्थलमा पार्किङ गरी राखिएका ५ वटा चारपाङ्ग्रे र दुई वटा दुई पाङ्ग्रे सवारीसाधन जलेका छन् ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार प्रदर्शनीकारीहरूले गरेको आगजनीका कारण पार्किङ गरी राखिएका केही सवारी साधनमा क्षति पुगेको बताए ।

अन्य क्षति भने नभएको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?