+
+
Shares

सर्वोच्च अदालतमा आगो निभाउन आयो महानगरपालिकाको दमकल

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २५ गते १०:५२

२५ भदौ, काठमाडौं । सर्वोच्च अदालतमा लागेको आगो निभाउन काठमाडौंको महानगरपालिकाको दमकल आएको छ । मंगलबार दनदनी आगो बल्दा दमकल प्रयोग भएको थिएन ।

आज बिहान भने बँचेखुचेको आगो निभाउन दमकल आएको हो ।

जेनजी प्रदर्शनको क्रममा युवाहरुको एक समूहले आगो लगाइदिँदा सर्वोच्च अदालत पूर्णरुपमा जलेर ध्वस्त भएको छ ।

मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएको हुँदा सर्वोच्च अदालतले पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ ।

कागजात र प्रमाण हेरेर मुद्दाको फैसला गर्ने सर्वोच्च अदालत मंगलबारको आगजनीले खरानी भएको छ । काठमाडौं र हेटौंडाको डाटा सेन्टरमा एकसाथ आक्रमण भएपछि मुलुकको न्यायप्रणालीमा ठूलो क्षति पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?