
२५ भदौ, काठमाडौं । डिल्लीबजार कारागारबाट कैदीबन्दीहरूलाई नेपाली सेनाले गाडीमा हालेर लगेको छ ।
जेनजीहरूले गरेको उग्र प्रदर्शनपछि हिजोदेखि नै देशका विभिन्न ठाउँका कारागारबाट कैदीहरू भागिरहेका छन् । केन्द्रीय कारागारबाट समेत ३३ सय कैदीबन्दी फरार भएका छन् ।
ललितपुरको नख्खु कारागार, कैलाली, कास्की, काभ्रे, सिन्धुली, रसुवा, रुपन्देही लगायतका जिल्लाबाट धमाधम कारागारहरू बाहिरिन थालेका हुन् ।
बुधबार बिहान डिल्लीबजार कारागारका कैदीबन्दीहरू बाहिरिन खोजेका थिए ।
उनीहरूलाई नेपाली सेनाको टोलीले रोकेर राखेको थियो । अहिले उनीहरूलाई डिल्लीबजारबाट नेपाली सेनाले गाडीमा हालेर लगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4