+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

क्यानका निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागारको ‘क’ ब्लकमा

विशेष अदालतको आदेशपछि २१ मंसिरमा कारागार चलान भएका अधिकारीलाई ‘क’ ब्लकमा राखिएको कारागार स्रोतले बतायो । यो ब्लकमा ४ सय कैदीबन्दी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते १८:०२
फाइल तस्वीर

२३ मंसिर, काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई डिल्लीबजार कारागारको ‘क’ ब्लकमा राखिएको छ ।

विशेष अदालतको आदेशपछि २१ मंसिरमा कारागार चलान भएका अधिकारीलाई ‘क’ ब्लकमा राखिएको कारागार स्रोतले बतायो । यो ब्लकमा ४ सय कैदीबन्दी छन् ।

डिल्लीबजार चलान हुने भीआईपी कैदीबन्दीहरू भने अक्सर ‘ख’ ब्लकमा बस्दै आएका छन् । ‘ख’ ब्लक खाली नभएकाले उनलाई ‘क’ ब्लकमा राखिएको बताइएको छ ।

भक्तपुरको नलिन्चोकमा बनाइएको हेलिपोर्टमा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा चलाएको थियो । यो मुद्दामा उनी पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

त्यस्तै अधिकारीविरुद्ध पोखरा विमानस्थलमा भएको अनियमितताको अर्को मुद्दा पनि दायर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?