२१ मंसिर, काठमाडौं । भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचार मुद्दामा नागरिक उड्डयन प्राधिकरणका निर्देशक मुरारी भण्डारीविरुद्ध अदालतले ५ लाख धरौटी माग गरेको छ ।
विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई भण्डारीसँग ५ लाख धरौटी माग गर्ने आदेश गरेको हो ।
भण्डारी स्वंय निर्णयकर्ता नरहेको र टिप्पणी पेश मात्र गरेको भन्दै इजलासले उनीविरुद्ध धरौटी माग गर्ने आदेश दिएको हो ।
उनीसँगै पक्राउ परेका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
अख्तियारले भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचारमा उनीविरुद्ध मुद्दा दायर भएको थियो ।
उक्त मुद्दामा आइतबार विशेष अदालतमा थुनछेक बहसपछि अदालतले आदेश जारी गरेको हो ।
उनीहरू दुवैलाई अख्तियारले गत बुधबार पक्राउ गरेको थियो ।
प्रतिक्रिया 4