+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

संकटपछिको अर्थतन्त्रबारे विर्तामोडमा प्यानल डिस्कसन

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २१ गते २०:१०

२१ मंसिर, झापा । वीरता जेसीजको आयोजनामा झापामा ‘संकटपछिको अर्थतन्त्र : अवसर र चुनौती’ विषयक राष्ट्रिय समूहगत छलफल भएको छ ।

झापाको विर्तामोडमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले देशको राजश्व संकलन कमजोर बन्दा सामान्य खर्च धान्नसमेत सरकारले ऋण लिनुपर्ने अवस्था आएको टिप्पणी गरे ।

मुलुकमा अराजक गतिविधि बढ्दै जाँदा निजी क्षेत्र लगानी गर्न हिचकिचाइरहेको बताउँदै उनले लगानीमैत्री वातावरण निर्माणका लागि सरकार बढी जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

उनले राजनीतिक दलबीच विश्वासको कमी बढिरहेको र आगामी निर्वाचनको विषयमा अनावश्यक शंका उत्पन्न भइरहेको चिन्ता व्यक्त गरे ।

‘निर्धारित समयमा निर्वाचनबारे गम्भीर संवाद हुनु पर्ने बेला दलबीच अविश्वास बढ्नु देशलाई अनिर्णयको अवस्थातिर लैजाने खतरा हो,’ सभामुख घिमिरेले भने ।

कार्यक्रममा पत्रकार राजेन्द्र बानियाँ, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, उद्योगी–व्यवसायी तथा पत्रकारहरूको सहभागिता रहेको थियो ।

सहभागीहरूले समग्र देशको आर्थिक अवस्था, वर्तमान चुनौती र भावी सम्भावनाबारे गहन छलफल गरेका थिए ।

नबिल बैंकका कार्यकारी प्रमुख मनोज ज्ञवालीले राजनीतिक अस्थिरताले अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको बताए ।

उनले आर्थिक विकासका लागि स्थिरता, सकारात्मक सोच र जिम्मेवार नेतृत्व अपरिहार्य रहेको धारणा राखे ।

औपचारिक सत्रपछि पत्रकार राजेन्द्र बानियाको सहजीकरणमा ‘संकटपछिको देशको अर्थतन्त्र : अवसर र चुनौती’ शीर्षकको प्यानल डिस्कसन भयो ।

प्यानलमा उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकाल र नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले मौद्रिक नीति, निजी क्षेत्रको अवस्था, लगानी प्रवाह र आर्थिक सुधारका सम्भावित मार्गबारे विश्लेषण प्रस्तुत गरे ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्र कुमार गिरी, उद्योगी व्यवसायी उदय चापागाई, वीरता जेसीजका पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार एकराज गिरीलगायतका अतिथिहरूले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाई, अर्जुनधारा नगरपालिका अध्यक्ष बलदेव सिंह गोम्देन, सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाई, हल्दिवारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन, जिल्ला प्रहरी उपरीक्षक राजन लिम्बू, सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, गण सेनानी सुमन विष्ट सहभागी थिए ।

यस्तै राष्ट्रिय अनुसन्धान उपनिर्देशक उमेश पाण्डे, एक्सल डेभलपमेन्ट बैंकका कार्यकारी प्रमुख डा. इन्द्रराज कट्टेल, भद्रपुर जेसीजका अध्यक्ष शैलेस श्रेष्ठ, मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ, गोर्खा टीका  सञ्चालक उदय चापागाईं वीरता जेसीजका पूर्वअध्यक्षहरू विभिन्न शाहका शाखा अध्यक्षहरू संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?