+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

बलदेवको टिप्पणी- विप्लव, जनार्दन र घनश्यामले अन्तिममा ओलीलाई साथ दिन्छन्

‘विप्लव, जनार्दन र घनश्यामको सानो समूहले केपीलाई साथ दिनेछन्, अरू सबै हामीतिर आउनेछन् । त्यसैले एमाले र नेकपाकै प्रतिस्पर्धा हुन्छ कम्युनिस्ट पार्टीमा,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २१ गते १९:४३

२१ मंसिर, बुटवल । नेपाली कम्युनिस्ट पार्टीका नेता चक्रपाणि खनाल बलदेवले नेकपा माओवादीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लवलाई कुनै वडाको चुनाव जितेर देखाउन चुनौती दिएका छन् ।

रुपन्देहीको तिलोत्तमामा आयोजित एकता सभामा बोल्दै उनले कम्युनिस्टहरूको एकताको प्रक्रियामा नआएको भन्दै विप्लवलाई कस्मेटिक, जनार्दन शर्मालाई अराजक र घनश्याम भूसाललाई कर्मकाण्डी नेता भएको आरोप लगाए ।

‘विप्लवले कस्मेटिक प्रोपोगान्डा गरिरहेका छन्, कुनै वडामा निर्वाचन लडेर जितेर देखाए भयो नि जनमत कस्तो छ भन्ने ?’, खनालले भने, ‘ विप्लवहरूले अन्तिममा चुनावमा केपीलाई साथ दिन्छन् ।’

खनालले जनार्दन र घनश्यामले पनि अन्तिममा केपी शर्मा ओलीलाई साथ दिनसक्ने तर्क गरे ।

उनले अब देशमा रहेका कम्युनिस्ट पार्टीहरूको नेतृत्व प्रचण्ड र केपी ओलीले मात्रै गर्ने तर्क गरे ।

‘विप्लव, जनार्दन र घनश्यामको सानो समूहले केपीलाई साथ दिनेछन्, अरू सबै हामीतिर आउनेछन् । त्यसैले एमाले र नेकपाकै प्रतिस्पर्धा हुन्छ कम्युनिस्ट पार्टीमा,’ उनले भने ।

नेता सोमप्रसाद पाण्डेले अब निर्वाचनको विकल्प नभएको बताए । एकता घोषणा कार्यक्रम साविक माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जीसीको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?