+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

पीडित भएकाले प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर गयौं : नागिना यादव

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २१ गते १९:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका निवर्तमान सात सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालतमा रिट दिएका छन्।
  • पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले कांग्रेसका सात सांसदको वारेस लिएर सर्वोच्च पुगेका छन्।
  • पूर्वसांसद नागिना यादवले ‘पीडित पार्टी होइन, हामी हौं’ भनी अदालतमा आफूहरू पक्षमा रहेको बताएकी छन्।

२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सात सांसद प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालत गएका छन् ।

कांग्रेसका निवर्तमान सात सांसदको वारेस सहित पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती सर्वोच्च पुगेका हुन् ।

विघटित प्रतिनिधिसभा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे, सचेतक सुशीला थिङ, सांसदहरू नागिना यादव, दीपक खड्का, जाबेदा खातुन र शान्ति विकको रिट सर्वोच्च अदालत गएका हुन् ।

संसद पुनर्स्थापनाको पक्षमा रहेकी पूर्व सांसद यादवले अनलाइनखबरसँग भनिन्, ‘पीडित पार्टी होइन । हामी हामी हौं । अदालतले पीडित आउनुपर्ने भनेको छ ।’

संसद्‌ पुनर्स्थापनाको पक्षमा ४५ जनाले हस्ताक्षर गरिसकेको दाबी गर्दै यादवले हाल ७ जना मात्रै अदालत गएको बताइन् । पुनर्स्थापनाको पक्षमा अन्य सांसदहरू पनि रहेको उनले बताइन् ।

यादवले भनिन्, ‘पार्टीले संसद्‌ विघटनलाई असंवैधानिक भनिसकेको हुँदा अदालत जान हामीलाई सजिलो पनि भयो । अदालत जान भनेर पार्टीले निर्णय गरेर गएका होइनौं ।’

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा यसअघि नेकपा एमाले पनि गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?