News Summary
Generated by OK AI. Editorially reviewed.- नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणमा अनियमितता मुद्दामा पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरिएको छ।
- विशेष अदालतका न्यायाधीशहरूले अधिकारीलाई थुनामा पठाउने आदेश दिएका थिए र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
- थुनछेक बहसपछि अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको र आइतबार नै कारागार चलान गरिएको प्रहरी अधिकारीले जानकारी दिएका छन्।
२१ मंसिर, काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणमा अनियमितता भएको मुद्दामा अधिकारीलाई पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरिएको हो ।
आइतबार विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश दिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणमो भएको भ्रष्टाचारमा उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दामा आइतबार विशेष अदालतमा थुनछेक बहसपछि अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएकोमा आइतबार नै डिल्लीबजार कारागार चलान गरिएको एक प्रहरी अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।
प्रतिक्रिया 4