+
+
WC Series
कर्णाली याक्स 2025
129/9 (20)
VS
९५ बलमा ११५ रन आवश्यक
जनकपुर बोल्ट्स 2025
15/2 (4.1)
Shares

प्रदीप अधिकारीमाथि भ्रष्टाचार मुद्दा : भित्र हेलिपोर्टबारे सुनुवाइ, बाहिर पोखराको दर्ता

भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणको भ्रष्टाचारबारे विशेष अदालत (इजलास)मा सुनुवाइ चलिरहँदा बाहिर उनीसहित ५६ जना प्रतिवादी बनाएर अख्तियारले अर्को मुद्दा दर्ताका लागि लगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २१ गते १५:५३
विशेष अदालतमा क्यानका निलम्बित महानिर्देशक प्रदीप अधिकारी ।

२१ मंसिर, काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी यतिबेला विशेष अदालतमाछन्  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतबाटै अख्तियारको टोलीले उनलाई आइतबार विशेष अदालत पुर्‍याएको हो ।

भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचार मुद्दामा उनलाई अखितयारले यही १७ मंसिर (बुधबार) मा पक्राउ गरेको थियो । त्यसपछि १९ मंसिर (शुक्रबार) थुनछेक बहसका क्रममा न्यायाधीशले मुद्दा हेर्न नमिल्ने प्रश्न उठेपछि सुनुवाइ स्थगित भएको थियो ।

आज (आइतबार) विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा सुनुवाइ भइरहेको छ ।

भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणको भ्रष्टाचारबारे विशेष अदालत (इजलास)मा सुनुवाइ चलिरहँदा बाहिर उनीसहित ५६ जना प्रतिवादी बनाएर अख्तियारले अर्को मुद्दा दर्ताका लागि लगेको छ ।

स्रोतका अनुसार, अख्तियारले लगेको पोखरा अन्तर्राष्ट्रिय विमास्नथल भ्रष्टाचारको आरोपपत्र अहिले दर्ताको प्रक्रियामा छ ।

जसमा पनि अधिकारीलाई प्रतिवादी बनाइएको हो । उनीविरुद्ध एकैसाथ विशेष अदालतमा दुई वटा भ्रष्टाचारका मुद्दा पुगेका हुन् ।

जतिबेला अधिकारी पनि विशेष अदालत परिसरमै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?