
News Summary
Generated by OK AI. Editorially reviewed.- मंगलबार प्रदर्शनकारीले सर्वोच्च अदालतमा आगजानी गरेका थिए जसका कारण अदालत पूर्णरुपमा क्षति पुगेको छ।
- बुधबार दिउँसो २ बजे सर्वोच्च अदालत परिसरमा धुँवाको मुस्लो आइरहेको थियो र भवनको पछिल्तिरको भागमा आगो निभिसकेको थिएन।
- अदालतका कर्मचारी र अधिवक्ताहरू जलेका फाइलहरू संकलन गरी सरसफाइमा लागेका छन् र अदालतले टेन्ट टाँगेर सेवा प्रवाह गर्ने तयारी गरेको छ।
२५ भदौ, काठमाडौं। बुधबार दिउँसो २ बजे सर्वोच्च अदालत पुग्दा पनि धुँवाको मुस्लो आइरहेको थियो ।
भवनको पछिल्तिरको भागमा आगो निभिसेको थिएन। सर्वोच्च अदालत परिसरमा जलेनर नष्ट भएका गाडी यत्रतत्र अवस्थामा थिए । कुनै सग्लो थिएन ।
मुद्दाका फाइलहरू कति खरानी बनेका छन् । कति जलेको अवस्थामा थिए ।
दराजभित्र रहेका काजजातसमेत जलेर नष्ट भएका छन् । तर कर्मचारीहरू जलेका फाइलहरू संकलन गरिरहेका थिए । कर्मचारीसँगै अधिवक्ताहरू पनि सरसफाइमा लागिरहेका थिए ।
‘सबै जलेको छ । के गर्ने के नगर्ने,’ संकलन गरिरहेका एक कर्मचारीले भने ।
अदालतको भित्र रहेको ‘बन्द इजलास’ लेखिएको प्लेट बगैंचाको वालमा ल्याएर झुन्डाइएको छ । सर्वोच्चको अदालतको सुरक्षामा सेना खटाइएको छ ।
र, प्राङ्गणको सरसफाइ सकाएर टेन्ट टाँगेर सेवा प्रवाह गर्ने तयारी अदालतले गरेको छ ।
मंगलबार प्रर्दशनकारीले सर्वोच्च अदालतमा आगजानी गरेका थिए । जसका कारण अदालत पूर्णरूपमा क्षति पुगेको छ ।
प्रतिक्रिया 4