+
+
Shares

पुनर्निर्माणको दुई वर्षमै खरानी भयो बबरमहल (तस्वीरहरू)

भूकम्पपछि यो भवन नभत्काई प्रवलीकरण गरिएको हो । लन्डनको बकिङघम दरबारको नेपाली रूप मानिने बबरमहल दरबार १ सय वर्ष पुराना पुरातात्विक सम्पदामध्ये एक हो । सोहीकारण तत्कालीन पुनर्निर्माण प्राधिकरणले यो दरबार नभत्काई प्रवलीकरण मात्र गरेको थियो ।

अच्युत पुरी अच्युत पुरी
२०८२ भदौ २५ गते १९:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको बबरमहल दरवार भवन पुनर्निर्माण दुई वर्षअघि सकिएको थियो।
  • मंगलबार जेनजी आन्दोलनका क्रममा बबरमहल दरवार भवनमा आगजनी हुँदा आधाभन्दा बढी भाग जलेको छ।
  • सडक विभागका महानिर्देशक डा. विजय जैसीले आगलागीबाट क्षतिको आंकलन भइरहेको र डाटा सेन्टर सुरक्षित रहेको जानकारी दिए।

२५ भदौ, काठमाडौं । २०७२ सालको भूकम्पका कारण छियाछिया बनेको बबरमहल दरबार (वर्तमान सडक विभाग) भवन पुनर्निर्माण सकिएको दुई वर्ष मात्र भएको छ । सो भवन मंगलबार जेनजी आन्दोलनका क्रममा आगजनीमा पर्‍यो ।

भूकम्पपछि यो भवन नभत्काई प्रवलीकरण गरिएको हो । लन्डनको बकिङघम दरबारको नेपाली रूप मानिने बबरमहल दरबार १ सय वर्ष पुराना पुरातात्विक सम्पदामध्ये एक हो । सोहीकारण तत्कालीन पुनर्निर्माण प्राधिकरणले यो दरबार नभत्काई प्रवलीकरण मात्र गरेको थियो ।

८६ करोड लागतमा पुनर्निर्माण गरिएको यो भवन निर्माणको काम दुई वर्ष अघि मात्र सम्पन्न भई सडक विभागले काम थालेको थियो । यो भवनमा सडक विभाग भने २००७ सालदेखि नै बस्न थालेको हो ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार आगलागीका कारण यस भवनको आधा भन्दा बढी भाग मर्मत नै गर्न नसकिने गरी जलेको छ । यसबाट भएको क्षतिको आंकलन गर्ने काम भइरहेको उनले बताए । भवनमा रहेको डाटा सेन्टर भने सुरक्षित रहेको उनले जानकारी दिए ।

२०७२ सालको भूकम्पले यस भवनमा क्षति गरेपछि सडक विभाग पाटन सारिएको थियो ।

महालेखा परीक्षकको कार्यालयले समेत यसअघि यसै दरबारबाट काम गरिरहेको थियो । अहिले महालेखाको कार्यालय अनामनगरमा सारिएको छ । भूकम्पले महालेखातर्फको भागमा कम क्षति गरेको थियो । अहिले पनि अगाडिको भागमा आगजनीको क्षति अधिक देखिएको छ ।

तस्वीरहरू : जनार्दन बराल/अनलाइनखबर

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?