+
+
Shares

घुसपैठियाले लोकतन्त्रलाई समाप्त पार्ने षड्यन्त्र गर्दैछन् : एकीकृत समाजवादी

उनले लेखेका छन्, ‘जेन जी पुस्ताको गाग लोकतन्त्रको अन्त्य गर्ने नभई लोकतन्त्रलाई अझ बढी जनपक्षीय बनाउने हो । तर घुसपैठियाले लोकतन्त्रलाई ने समाप्त पार्ने, अस्थिरता निम्त्याएर मुलुकलाई असफल राष्ट्र बनाउने षड्यन्त्र गर्दैछन् ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २६ गते १७:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले घुसपैठियाले लोकतन्त्र समाप्त पार्ने षड्यन्त्र गरिरहेको बताएका छन्।
  • नेपालले जेन–जी पुस्ताको माग संविधान खारेजी र संसद विघटन नभएको उल्लेख गर्दै लोकतन्त्र विरोधीहरूले संसद विघटन गर्न खोजेको बताए।
  • उनले भ्रष्ट नेताहरूलाई कारबाही गर्न उच्चसारीय सम्पत्ति छानविन आयोग गठन गर्नुपर्ने र संविधान संशोधन गरेर चुनाव गर्न सकिने बताए।

२६ भदौ, काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीले घुसपैठियाले लोकतन्त्रलाई समाप्त पार्ने षड्यन्त्र गर्न खोजेको बताएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाले विज्ञप्ति निकालेर यस्तो टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्, ‘जेन जी पुस्ताको गाग लोकतन्त्रको अन्त्य गर्ने नभई लोकतन्त्रलाई अझ बढी जनपक्षीय बनाउने हो । तर घुसपैठियाले लोकतन्त्रलाई ने समाप्त पार्ने, अस्थिरता निम्त्याएर मुलुकलाई असफल राष्ट्र बनाउने षड्यन्त्र गर्दैछन् ।’

जेन–जी पुस्ताको माग वर्तमान संविधानको खारेजी र संसदको विघटन नभएको उल्लेख गर्दै उनले थपेका छन्, ‘तर लोकतन्त्र विरोधीहरूले यही मौकामा संसद विघटन र संविधान खारेज गरी लोकतन्त्रको अन्त्य गर्न खोज्दै छन् । यसमा जेनजी पुस्ता सचेत हुन जरुरी छ ।’

लोकतन्त्र नै रहेन भने सामाजिक सञ्जाल होइन वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, भेला हुने स्वतन्त्रता र संगठित हुने स्वतन्त्रतालगायत सबै प्रकारका मौलिक हक र नागरिक अधिकार खोसिने उनको चिन्ता छ ।

लोकतन्त्रविहिन राज्यमा भ्रष्ट्राचार र कुशासन विरुद्धका आन्दोलन त के बोल्न समेत नपाइने अवस्था सिर्जना हुने भन्दै अध्यक्ष नेपालले भनेका छन्, ‘जेनजी पुस्ताले उठाएका मागको सम्वोधन वर्तमान संविधान र संसदभित्रैबाट गर्न सकिन्छ ।’

भ्रष्ट नेताहरूलाई कारबाही गर्न उच्च सारीय सम्पत्ति छानविन आयोग गठन गर्न सकिने उनले बताए । यस्तो माग आफ्नो पार्टीले पहिलेदेखि नै राख्दै आएको पनि उनले स्मरण गरेका छन् ।

‘संविधान संशोधन गरेर जेनजीले भने जस्तो बनाउन सकिन्छ । छिटोभन्दा छिटो संविधान संशोधन गरेर चुनावमा जान सकिन्छ र ताजा जनादेश लिएर सरकार चलाउन सकिन्छ’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?