
News Summary
Generated by OK AI. Editorially reviewed.- हामी नेपालका अध्यक्ष सुदन गुरुङले संविधान खारेज नगरी पुनर्लेखन गर्नुपर्ने र संसद विघटन गरेर अन्तरिम सरकार बनाउनुपर्ने माग जेन–जीको रहेको बताए।
- उनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनाउने र पहिलो महिला प्रधानमन्त्री नियुक्त गर्ने योजना रहेको खुलाए।
- जेन–जीले आन्दोलनमा दमन गर्नेहरुलाई नछोड्न चेतावनी दिँदै नयाँ युवाले नेतृत्व गर्नुपर्ने आग्रह गरे।
२६ भदौ, काठमाडौं। हामी नेपालका अध्यक्ष सुदन गुरुङले संविधान खारेज नभइ संशोधन गर्नुपर्ने माग जेन–जीको रहेको बताएका छन् ।
जेन–जेकीको भावना प्रतिनिधित्व हुनेगरी अहिलेलाई संसद विघटन गरेर अन्तरिम सरकार बनाउनु पर्ने उनले बताए।
‘अन्तरिम सरकार हो । संविधान चाहिन्छ, खारेज नगर्ने । अरुले हस्तक्षेप हुन्छ । तर संविधान संशोधन हुनुपर्छ,’ उनले भने।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनाउने र राम्रो व्यक्तिलाई मन्त्री बनाउने उनले बताए। ‘पहिलो फिमेल प्रधानमन्त्री । नेपालीले इतिहास रचेको हो,’ उनले भने।
आफूहरुले प्रधानमन्त्री नखोजेको पनि उनले बताए। ‘सरकार हामीलाई चाहिएको होइन । सरकारमा जादैनौं । चाहिएको भए प्रधानमन्त्री मलाइ भन्थे होला नि, होइन । हामीले परिर्वतन खोजेको हो । अब कुर्सीमा पुगेपछि घमण्ड नहोस् । अब हरेक नेपालीको आवाज सुनिन्छ,’ उनले भने।
जेनजीको आन्दोलमा दमन गर्नेलाई नछोड्न् पनि उनले चेतावनी दिए। ‘परिवर्तन गर्दा गोली खाने देश हाम्रो ? हामीले मागेको सुशान त थियो । त्यति माग्दा गोली खानुपर्ने ?,’ उनले प्रश्न गरे। पार्टीहरुलाई उनले बुढा नेता नभइ नयाँ युवाले नेतृत्व गर्न पनि उनले आग्रह गरे ।
प्रतिक्रिया 4