
२७ भदौ, काठमाडौं । नयाँ प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले जेनजीहरूलाई सम्बोधन गरेका छन् ।
सामाजिक सञ्जालमार्फत् उनले जेनजीहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको बताएका छन् ।
‘प्रिय जेनजी, तपाईंहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ,’ मेयर बालेनले भनेका छन् ।
उनले जेनजीहरूको यो योगदान अमूल्य रहेको बताएका छन् ।
‘तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ,’ मेयर शाहले भनेका छन्, ‘तपाईंहरूप्रति असिम सम्मान ।’
गत सोमबार र मंगलबार युवा पुस्ता (जेन–जी)को आन्दोलनको बलमा कार्की प्रधानमन्त्री नियुक्त भएकी हुन् । उनलाई प्रधानमन्त्री नियुक्त गर्न जेनजीहरूले सञ्जालमै छलफल गरेका थिए ।
सो छलफलपछि मेयर शाहले पनि कार्कीको नाममा समर्थन जनाएका थिए ।
प्रतिक्रिया 4