+
+
Shares

कुनैबेला बेलायतकी महारानीलाई बास दिएको शीतल निवास, यस्तो छ रोचक कथा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २८ गते १६:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गत सोमबारदेखि प्रदर्शनरत जेनजी पुस्ताका युवाहरूले मंगलबार अपराह्न शीतल निवासमा आगजनी गरेका छन्।
  • वि.सं. १९८० मा राणा प्रधानमन्त्री चन्द्र शमशेरले कृष्ण शमशेरका लागि शीतल निवास दरबार बनाएका थिए।
  • वि.सं. २०६५ असार २० को निर्णयले शीतल निवासलाई राष्ट्रपतिको कार्यालय र निवासमा परिणत गरिएको छ।

नेपालको सर्वोच्च पद राष्ट्रपति हो । राष्ट्रपतिलाई नेपालमा महाराजगञ्जमा अवस्थित राष्ट्रपतिको कार्यालयमा राखिन्छ । त्यस कार्यालयलाई शीतल निवास भनेर चिनिन्छ । तर अहिले यो भवनको नाम जस्तो त्यहाँ शीतल वातावरण रहेन । गत सोमबारदेखि प्रदर्शनरत  जेनजी पुस्ताका आक्रोशित युवाहरूले मंगलबार अपराह्न शीतल निवासमा आगजनी गरे । 

 जेनजी आन्दोलनका कारण क्षति पुगेको ऐतिहासिक भवन शीतल निवासको इतिहास  कस्तो थियो ? 

१. आजभन्दा १०२ वर्षअघि वि.सं. १९८० मा राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नी जेठी बडामहारानी लोकभक्तलक्ष्मी देवीतर्फका कान्छा छोरा कृष्ण शमशेरका लागि यो दरबार बनाइदिएका थिए ।

२. इन्जिनियर कुमारनरसिंह राणा र किशोरनरसिंह राणाले यो दरबारको डिजाइन गरेका थिए ।

३. करिब १४० रोपनी जग्गा भित्र बनेको यस दरबारलाई वि.सं. १९९० माघ २ गते गएको विनाशकारी महाभूकम्पले धेरै क्षति गरेको थियो । त्यसपछि कृष्णशमशेरले मर्मत संहार गरेर आधुनिक तरिकाले निर्माण गरेका थिए । त्यसबेला मर्मतसम्भारका लागि उनले ३ लाख २२ हजार ८०२ रुपैयाँसमेत सरकारलाई उपलब्ध गराएको बताइन्छ । 

४. कृष्ण शमशेरले सरकारी ‘अतिथिगृह बनाउनकै लागि’ भनेर तत्कालीन सरकारलाई आफ्नो व्यक्तिगत सम्पत्ति दान दिएका थिए ।

५. यस दरबारमा ब्रिटिश महारानी एलिजाबेथ, चीनका प्रधानमन्त्री चाउ एन्लाई, भारतका राष्ट्रपति सर्वपल्ली राधाकृष्णन, सोभियत सङ्घका राष्ट्रपति भोरोस्लोभ, जापानका युवराज अकिहितो, इजरायलका राष्ट्रपति जाल्मन शजार लगायतका उच्च पदस्थ व्यक्ति पाहुना बसेका छन् ।

६. कुनै समय शीतल निवासलाई परराष्ट्र मन्त्रालयको लागि समेत प्रयोग गरिएको थियो । अहिले भने सिंहदरबार भित्रै परराष्ट्र मन्त्रालयले रहेको छ ।

७. शीतल निवासमा लामो समयसम्म भारतीय राजदूतावास पनि राखिएको थियो । भारतबाट बेलायतको उपनिवेशबाट स्वतन्त्रभएपछि नेपालमा कहाँ दूतावास भवन राख्ने भन्ने टुङ्गो नलाग्दा  शीतल निवासमा राजदूतावास राखिएको थियो ।

८. सन् १९५२ देखि ५४ सम्म नेपालका लागि भारतीय राजदूत रहेका बालचन्द्र गोखलेको छोराको विवाह समारो शीतल निवासमै भएको थियो । अनि, प्रथम राष्ट्रपति रामवरण यादवका नाती र दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीको छोरीबिचको विवाह पनि शीतल निवासमै भएको थियो । 

९. तर, गणतन्त्रको स्थापनापछि वि.सं. २०६५ साल असार २० को मन्त्रीपरिषद्को निर्णय बमोजिम नेपाल सरकारले यस दरबारलाई राष्ट्रपति भवनमा परिणत गरेको हो । त्यसयता शीतलनिवासमा राष्ट्रपतिको कार्यालय तथा राष्ट्रपतिको निवास रहेको छ ।

१०. ‘स्टेट गेस्ट हाउस’ बनाउने मूल उद्देश्य साथ दाता कृष्णशमशेरले यो भवन दान गरेका थिए । सुरुका दिनहरूमा त्यसो गरिएपछि कालान्तरमा गरिएन । हालसम्म यस दरबारमा नेपालमा तीन राष्ट्रपति बसिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?