
२९ भदौ, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको अपरेशन कमाण्डरमा एसपी पवन भट्टराईलाई ल्याइएको छ ।
गत वैशाखमा मात्रै जिल्ला प्रहरी कार्यालय पाल्पाको कमाण्ड सम्हालेका एसपी भट्टराईलाई काठमाडौं झिकाएर परिसरको अपरेशन कमाण्डर बनाइएको हो । पाल्पामा भने अर्का एसपी दीपेन्द्र पञ्जियार थारुलाई पठाइएको छ ।
भट्टराई यसअघि लामो समय काठमाडौंको अपरेशन कमाण्डर बनेर काम गरेका प्रहरी अधिृकत हुन् । काठमाडौंको अपरेशनबाट उनी अनुभवी मानिन्छन् ।
जेनजी आन्दोलनमा उपत्यकाका प्रहरी कार्यालयहरू तहस नहस भएपछि आठ वटा सेक्टर बनाएर सुदृढिकरणको काम सुरु गरिएको छ । यी सेक्टरहरूमा एसपीले नेतृत्व गर्ने प्रहरी प्रधान कार्यालयले बताएको छ ।
एसपी दीपक श्रेष्ठलाई कालिमाटी, कीर्तिपुर र थानकोट सेक्टरको जिम्मेवारी दिइएको छ । रुगम कुँवरलाई बानेश्वर र सिंहदरबार सेक्टरको जिम्मेवारी दिइएको छ । एसपी कवित कटुवाललाई सातदोबाटो, रामेश्वर पौडेललाई दरबारमार्ग, जनसेवा र सोह्रखुट्टे सेक्टरको जिम्मेवारी दिइएको छ ।
बालाजु, स्वयंभू सेक्टरको जिम्मेवारी डीबी मल्ललाई, गौशाला, बौद्धको जिम्मा एसपी केशव भट्टराईलाई दिइएको छ । महाराजगञ्ज र मालिगाउँ सेक्टरको जिम्मा एसपी बालनरसिंह राणालाई दिइएको छ ।
उनीहरूले आफ्नो क्षेत्रको सुरक्षा सुदृढिकरण र समन्वय गर्ने र परिचालन गर्ने प्रहरी प्रधान कार्यालयले बताएको छ ।
प्रतिक्रिया 4