+
+
Shares

काठमाडौं उपत्यकाका विद्यालयहरूमा पठनपाठन शुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३० गते १२:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेन-जी आन्दोलनका कारण बन्द भएका काठमाडौं उपत्यकाका विद्यालयहरू सोमबारबाट क्रमशः सञ्चालन हुन थालेका छन्।
  • आन्दोलनमा सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन लगायत सरकारी निकायहरू जलेर ध्वस्त भएका थिए।
  • कतिपय विद्यालयहरूमा आगजनी भएपछि पठनपाठन केही दिनका लागि बन्द गरिएको थियो।

३० भदौ, काठमाडौं । जेन-जी आन्दोलनका कारण बन्द रहेका काठमाडौं उपत्यकाका विद्यालयहरु क्रमशः सञ्चालन हुन थालेका छन् ।

सोमबारबाट काठमाडौं उपत्यकाका विद्यालयहरू सुचारू हुन थालेका हुन् । जेन-जी आन्दोलनले त्रस्त विद्यालयहरु केही दिनका लागि बन्द गरिएको थियो ।

जेन-जी आन्दोलनमा सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन लगायत सरकारी निकायहरू जलेर ध्वस्त भएका थिए । यहीक्रममा कतिपय विद्यालयहरूमा समेत आगजनी भएको थियो ।

यही पृष्ठभूमिमा विद्यालयहरूले केही दिनका लागि पठनपाठन बन्द गरेका थिए ।

अहिले अवस्था सामान्य बनेसँगै विद्यालयहरु पुनः सञ्चालन भई पठनपाठन शुरु गरेका छन् । कतिपय विद्यालयहरूले पठनपाठन सकिएपछि आफ्ना छोराछोरी लिन विद्यालय आउन खबर पठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?