+
+
Shares

स्थानीयले बनाए जेनजी आन्दोलनमा ध्वस्त भएको प्रहरी बिट

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २८ गते १९:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट मोडस्थित प्रहरी बिट स्थानीयले पुन:र्निर्माण गरेका छन्।

२८ भदौ, काठमाडौं । जेन जी आन्दोलनमा ध्वस्त भएको भक्तपुरको एक प्रहरी बिट स्थानीयले बनाइदिएका छन् ।

चाँगुनारायण नगरपालिका–२ दुवाकोट मोडमा रहेका प्रहरी बिट मंगलबार प्रदर्शनकारीले तोडफोड र आगजनी गरी ध्वस्त गरेका थिए ।

त्यसको भोलिपल्टैदेखि प्रहरी बिट पुन:निर्माण गर्न पहल थालेको स्थानीय युवा निशान रत्न बस्ताकोटीले जानकारी दिए ।

आफू पनि एक जेनजी भएकाले आफ्नो पुस्ताका युवाको आन्दोलनमा क्षति भएको संरचना बनाउन अघि सरेको उनले  बताए ।

‘म पनि जेन नी नै हुँ’ बस्ताकोटीले भने, ‘नवयुवाहरु भत्काउन मात्रै होइनन् बनाउन अग्रसर हुन्छन् भनेर यसमा लागिरहेको छु ।’

उनका अनुसार स्थानीयले निर्माण सामग्रीदेखि श्रमदान र नगद सहयोग समेत गरेका छन् ।

अरु काम सकिए पनि बिटमा सिसा लगाउन बाँकी रहेको उनले बताए ।

पहिलेको भन्दा राम्रो बिट बनाइदिन लागेको बस्ताकोटीले जानकारी दिए ।

निर्माण पूरा गरेर आइतबार या सोमबार प्रहरीलाई बस्नका लागि तयार हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?