+
+
Shares

बालेनले हर्कलाई भने– तिमीलाई माया गर्न छाड्दिनँ

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३१ गते १४:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनपछि हर्क साम्पाङ प्रधानमन्त्री बन्न धरानबाट जम्बो टोली लिएर जङ्गी अड्डा पुगेका थिए तर जनमत नपाएपछि निराशा व्यक्त गरिरहेका छन्।

३१ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई आफूले सधैँ माया गरिरहने बताएका छन् ।

पछिल्लो समय साम्पाङले दिएको आफूलक्षित अभिव्यक्तिको प्रतिउत्तर दिँदै बालेनले लेखेका छन्, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ । एकतर्फी नै सही, तर मेरो माया साँचो हो ।’

आफूलाई प्रधानमन्त्री नबनाएको भनेर धरानका मेयर साम्पाङले बालेनलक्षित विभिन्न टिप्पणी गर्दै आएका छन् । जसप्रति बालेनले पनि मंगलबार फेसबुकमार्फत नै साम्पाङलाई जवाफ दिएका हुन् ।

उनले अङ्ग्रेजीमा समेत लेखेका छन्, ‘यू आर माइ ट्रु लभ ।’

बालेनको हाँस्यरस मिसिएको यस स्टाटस तत्कालै भाइरल भइरहेको छ ।

जेनजी आन्दोलनपछि आफूलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्दै धरानबाट जम्बो टोली बोकेर हर्क साम्पाङ जङ्गी अड्डा पुगेका थिए । तर उनको जनमत पुगेन । त्यसयता हर्क साम्पाङले सामाजिक सञ्जालमा निराशा पोखिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?