+
+
Shares

अर्थमन्त्रीले गरे निजी क्षेत्रमा भएका आगजनी क्षतिको अवलोकन

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३१ गते १६:५८
आगजनीबाट क्षतिग्रस्त भाटभटेनी सुपरमार्केटको अवलोकन गर्ने क्रममा सञ्चालक मिनबहादुर गुरुङसँग अर्थमन्त्री रामेश्वर खनाल ।

३१ भदौ, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका दौरान आगजनी भएका निजी क्षेत्रका भवनहरूको स्थलगत अवलोकन गरेका छन् ।

मंगलबार मन्त्री खनाल, अर्थसचिव घनश्याम उपाध्यायसहितको टोलीले आगजनी गरिएका व्यापारिक भवन र स्थल पुगेर अनुगमन गरेको हो । सचिव उपाध्यायका अनुसार मंगलबार थापाथलीस्थित गाडीका शोरुमहरू अवलोकन गरिएको छ ।

थापाथलीमा टाटा, सीजी मोटर्स, महिन्द्रा, हुन्डाई लगायतका शोरुममा आगजनी गर्दै गाडीमा क्षति पुर्‍याइएको छ ।

यसैगरी कोटेश्वरस्थित भाटभटेनी पुगी मन्त्रीसहितको टोलीले स्थलगत अनुगमन गरेको छ । सो क्रममा मन्त्री खनालले निजी क्षेत्रको मनोबल उकास्ने गरी सरकारले काम गर्ने आश्वासन समेत दिएका छन् ।

मन्त्री खनालसहितको टोलीले कान्तिपुर मिडिया ग्रुपको कार्यालयको समेत अवलोकन गरेको छ । साथै तीनकुनेस्थित अन्नपूर्ण पोस्टको कार्यालयमा समेत अर्थमन्त्रीले स्थलगल अनुगमन गरेका छन् ।

उता, आजै मन्त्रालयमा निजी क्षेत्रका प्रतिनिधिसँग अर्थमन्त्री खनालले छलफल र अन्तरक्रिया समेत गरेका छन् ।

सोमबार पदभार ग्रहणपछि पनि अर्थमन्त्रीले निजी क्षेत्रसँग छलफल गरेका थिए ।

अर्थमन्त्री खनालले अर्थ मन्त्रालय आम जनतासँग प्रत्यक्ष नजोडिने भन्दै आफ्नो ध्यान निजी क्षेत्रको आत्मबल उठाउन केन्द्रित गर्ने बताएका छन् ।

 

तोडफोडबाट क्षति पुगेको हुन्डाई गाडीको शोरुम अवलोकन गर्दै अर्थमन्त्री खनाल ।

आगजनीबाट क्षतिग्रस्त कान्तिपुर मिडिया ग्रुपको कार्यालय अवलोकन गर्न पुगेका अर्थमन्त्री रामेश्वर खनाल । साथमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?