+
+
Shares

जेनजी आन्दोलनले रोकिएको ‘जारी २’ भाइटीकामा आउने

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३१ गते १८:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनले रोकिएको फिल्म 'जारी २ : सङ अफ च्याब्रुङ'को प्रदर्शन मिति ६ कात्तिकमा तय गरिएको छ।
  • उपेन्द्र सुब्बा निर्देशित 'जारी २' तिहारको भाइटीका अवसरमा देशब्यापी रिलिज हुनेछ।
  • 'जारी २' को प्रदर्शन मितिसँगै बाँसुरी फिल्म्सले मुस्ताङमा 'कबड्डी'को पाँचौं श्रृंखला छायांकन गर्ने तयारी गरिरहेको छ।

काठमाडौं । जेनजी आन्दोलनले रोकिएको फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माता कम्पनी बाँसुरी फिल्म्सले तीन नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो ।

जसअनुसार उपेन्द्र सुब्बा निर्देशित फिल्म तिहारको भाइटीका अवसरमा ६ कात्तिकमा देशब्यापी रिलिज हुनेछ ।

यसअघि सोही मितिमा ‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’ले पनि प्रदर्शन मिति घोषणा गरिसकेका छन् । ७ कात्तिकमा ‘मैझारो’ पनि आउने तय छ ।

दयाहाङ राई र मिरुना मगर स्टारर ‘जारी २’ दुई वर्षअघि प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘जारी’को दोस्रो श्रृंखला हो । पहिलो भागले घरेलु बक्सअफिसमा १७ करोडभन्दा धेरै कलेक्सन गरेको थियो ।

दोस्रो श्रृंखला पनि प्रतीक्षित छ । ‘जारी २’ रिलिजअघि बाँसुरी फिल्म्सले मुस्ताङमा अर्को ब्लकबस्टर फिल्म ‘कबड्डी’को पाँचौं श्रृंखला छायांकन गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?